Logo

Jun 16 2025 | २०८२, असार २गते

Jun 16 2025 | २०८२, असार २गते

images

पर्सा प्रहरीले भन्सार छली लान खोजिएको  साढे सत्र लाख बढीको मालवस्तु बुझायो

पर्सा प्रहरीले भन्सार छली लान खोजिएको  साढे सत्र लाख बढीको मालवस्तु बुझायो

  • काठमाडौं । पर्सा प्रहरीले वीरगञ्ज भन्सार कार्यालयमा भन्सार छली लान खोजिएको साढे सत्र लाख बढीको मालवस्तु बुझाएको छ ।सत्र लाख बहत्तर हजार सात सय तिस बराबरको भन्सार छली लान खोजिएको कपडा, मोबाईल पार्टस र पाडा÷पाडीसमेत गरी १७ लाख ७२ हजार ७ सय ३० रुपैया बराबरको मालवस्तु जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्ज भन्सार कार्यालयलाई आज बुझएको हो ।

    प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘  विशेष सूचनाको आधारमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निम्न स्थानहरूबाट निम्न मालबस्तुहरू अ.मू.रु.१७,७२,७३०।– ( सत्र लाख बहत्तर हजार सात सय तिस ) बराबरका  विभिन्न किसिमका लत्ताकपडाहरू, मोबाईलका पार्टसहरू, प्याज, चियापति र पाडी÷पाडाहरू आवश्यक कारवाहीको लागि मिति २०८१।०१।०५ गते वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाइएको ।’

    बैशाख ५ गते बुझाइएको मालवस्तु नियन्त्रण लिएको विषयमा पर्सा प्रहरीले अगाडि भनेको छ ‘  . मिति २०८१।०१।०४ गते अं.१६ः३० बजेको समयमा जिल्ला पर्सा वीरगञ्ज म.न.पा.वडा नं.१६ रजतजयन्ती चोक स्थित सडकखण्डबाट कुर्ता सुरवाल–३१५ पिस, टपस–८०२ पिस, कुर्ता बनाउने थान कपडा २०० मिटर, कार्पेट रोल–३, मोबाईल चार्जर–३९० पिस, मोबाईल बैट्री सानो–४८ पिस, एयर बड्स–३ पिस, डिस्पले–२४ पिस, टेम्पर ग्लास–१२० पिस, डाटा केबल–८० पिस, मोबाइल कभर–६३ पिस, प्याज–१३८८ के.जी., १३० के.जी.र मिट मसाला–८० के.जी. गरी जम्मा रु.७,३२,७३०।– ( सात लाख बतीस हजार सात सय तिस )बराबर र  मिति २०८१।०१।०४ गते अं.२३ः३० बजेको समयमा जिल्ला पर्सा ठोरी गाउँपालिका वडा नं.२  स्थित सडकखण्डमा  ना.३ च १०८९ नम्बरको पिकअपमा भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याइएको पाडाहरू ५ गोटा, पाडी १ गोटा गरी ६ गोटा  र ना.३ च  १०८९ नम्बरको सेतो पिकअप गाडी अं.मु.रू.१०,४०,०००।– ( दश लाख चालीस हजार ) बराबरको पाडा पाडीहरू वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको ।’

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij