Logo

Sep 12 2025 | २०८२, भदौ २७गते

Sep 12 2025 | २०८२, भदौ २७गते

images

उपेन्द्र यादवको हिस्सा राई नेतृत्वको जसपाले पाउने , तीन जना मन्त्रीको आज शपथ गराउने तयारी

उपेन्द्र यादवको हिस्सा राई नेतृत्वको जसपाले पाउने , तीन जना मन्त्रीको आज शपथ गराउने तयारी

  • काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले पुष्पकमल दाहाल ’प्रचण्ड’ नेतृत्वको संघीय सरकारमा तीन जना मन्त्री पाउने भएको छ ।प्रतिनिधि सभा सांसद प्रदीप यादव स्वास्थ्य तथा जनसंख्या, स्वास्थ्य राज्यमन्त्रीमा हसिना खान र रञ्जु झा ठाकुरलाई बिनाविभागीय मन्त्री बनाउने निर्णय भएको महासचिव मोहम्मद इस्तियाक राईले जानकारी सार्वजनिक गरेका हुन् ।जनता समाजवादी पार्टीमा लागेका नवलकिशोर साह सुडी पहिलेदेखि नै संघीय सरकारमा वन तथा वातावरण मन्त्री छन्।

    जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र वन राज्यमन्त्री दीपक कार्कीले सोमबार पदबाट राजीनामा दिएपछि राई नेतृत्वको पार्टीले उनीहरूलाई मन्त्री बनाउन लागेको हो ।उनीहरूको शपथ आजै हुने भएको छ ।उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट अशोक राईसहित ७ जना प्रतिनिधि सभा सांसद छुट्टिएर जनता समाजवादी पार्टी बनाएका थिए।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij