Logo

Oct 29 2025 | २०८२, कात्तिक १२गते

Oct 29 2025 | २०८२, कात्तिक १२गते

images

पार्टी फुटाउनेहरूलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय गलत भन्दै यादव पुगे सर्वोच्च

पार्टी फुटाउनेहरूलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय गलत भन्दै यादव पुगे सर्वोच्च

  • काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले  फुटेर बनेको दललाई निर्वाचन आयोगले मान्यता दिएको कार्य विरूद्ध न्यायका लागि  सर्वोच्च अदालत पुगेका छन्। सरकारबाट राजीनामा दिएर अध्यक्ष यादवले सोमबार सर्वोच्च अदालत पुगेर आयोगविरूद्ध रिट दायर गरेका हुन्। 

    यादवले दिएको रिट दर्ता भएको सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी सार्वजनिक गरेका हुन् ।
    सो रिट मुद्दाको पेशी मंगलबारका लागि तोकिएको छ ।रिटमा आयोगसँगै जनता समाजवादी पार्टीमा समाहित भएका ७ जना सांसदहरूलाई पनि यादवले विपक्षी बनाइएको छ ।

    वैशाख २३ गते अशोक राई पक्षले पार्टी विभाजन गरी जनता समाजवादी पार्टी गठन गरेका थिए।फुटेको जसपामा सांसदहरू प्रदीप यादव, नवलकिशोर साह, वीरेन्द्र महतो, रञ्जु झा ठाकुर, हसिना खान र सुशीला श्रेष्ठ छन्। आयोगले भोलिपल्ट नै उक्त दललाई मान्यता दिएको थियो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij