Logo

May 01 2025 | २०८२, वैशाख १९गते

May 01 2025 | २०८२, वैशाख १९गते

images

सिरहाका प्रहरी  प्रमुख प्रहरी  उपरीक्षक   र पत्रकारहरु बीच परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम समपन्न

सिरहाका प्रहरी  प्रमुख प्रहरी  उपरीक्षक   र पत्रकारहरु बीच परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम समपन्न

  • सिरहा। जिल्ला  प्रहरी  कार्यालय सिरहाका  प्रमुख प्रहरी  उपरीक्षक  रमेश  पण्डित र पत्रकारहरु बीच परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम समपन्न भएको  छ।सोमबार जिल्ला  प्रहरी  कार्यालय सिरहाको सभा हलमा सप्पन्न कार्यक्रममा  नयाँ एसपी रमेश पंडितले पत्रकारहरुसँग 
    छलफल गरि तस्करी न्युनीकरण ,लागूऔषध ओसार पोसार निर्मुल पार्ने र सचेतनाका लागि विशेष अभियान सुरु गर्ने,
    अवैध उत्खनन रोक्न स्थानीय तहसँग समन्वय गरि कार्य अगाडि बढाउने , गलत आचरणका प्रहरीलाई तुरुन्त कारवाही गर्ने ९ आजै एक जनालाई कारवाही गरेको० ,गलत मुद्दामा सुक्ष्म अनुसन्धान गरि अगाडि बढ्ने , विचौलियाहरुको प्रभावमा नपर्ने जस्ता प्रतिबद्धता  जनाए।
    कार्यक्रममा  केही तत्वहरुले निजि स्वार्थको लागि पत्रकारलाई टारगेट बनाउदा सिरहामा पत्रकार सुरक्षित छैन भने जस्ता विषय लगायत  जिल्लामा भइरहेको  गतिविधि  बारे पत्रकारहरुले जानकारी  गराइएका थिए ।
    कार्यक्रममा नेपाल  पत्रकार  महासघ सिरहाका पुर्व अध्यक्ष  दिनेशवर गुप्ता ,  महासघका अध्यक्ष  मनोज बनैता , उपाध्यक्ष गणेश  साह , सचीव  शिव दयाल यादव , सह सचिव राजेन्द्र महतो, कोशाध्यक्ष बिरेन्द्र नेपाल  लगायत  विभिन्न  मिडियामा कार्यरत  सिरहाका करीब दुई दर्जन भन्दाबढी पत्रकारहरुको उपस्थित  रहेको  थियो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij