Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

पशुपति क्षेत्र विकास कोषका जिम्मेवारी पदाधिकारीहरूको इशारामा पशुपतिको भेटी चोरी हुने गरेको खुलासा

पशुपति क्षेत्र विकास कोषका जिम्मेवारी पदाधिकारीहरूको इशारामा पशुपतिको भेटी चोरी हुने गरेको खुलासा

  • काठमाडौं । पशुपति क्षेत्र विकास कोषका जिम्मेवारी पदाधिकारीहरूकोे इशारामा  पशुपतिनाथ मन्दिरको भेटी चोरी हुने गरेको खुलेको छ ।पशुपतिको भेटी चोरीमा संलग्न भएको पहिचान गरिएका कर्मचारीले  पशुपति विकास कोषका कोषाध्यक्ष नरायणप्रसाद सुवेदीको इशारामा भेटी चोरी हुने गरेको  े खुलासा गरेका हुन् ।

    पशुपति भेटी चोरीरहेको अवस्थामा पशुपति क्षेत्र विकास कोषका ७ जना कर्मचारीसहित ८ जनालाई प्रहरीले सोमबार रंगेहात पक्राउ गरेको थियो ।पशुपति क्षेत्र विकास कोषले निगरानी गर्दा संस्कृति संरक्षण महाशाखाको भेटी गणना कक्षबाट कर्मचारीले नै भेटी लुकाएर लैजाने गरेको खुलेको सूचना प्रहरीलाई पुगेको आधारमा प्रहरी वृत्त गौशालाको टोलीले ८ जनालाई पक्राउ गरेको हो ।

    प्रहरी वृत्त गौशालाका डीएसपी केशवराज थेबेले जानकारी सार्वजनिक गरे अनुसार पक्राउ पर्नेमा कोषका नायव सुब्बा नवराज ढोडारी, मन्दिरका ब्राह्मणहरू नवराज घिमिरे, राम सापकोटा र लक्ष्मण सापकोटा, मन्दिरमा बाजा बजाउने कर्मचारीहरू अनिल परियार, सनिष कपाली, कुमार दमाइ र पशुपतिनाथ मन्दिर परिसरमा रहेको नेपाल इन्भेस्टमेन्ट मेघा बैंकको रकम संकलन केन्द्रका एक कर्मचारी रहेका छन् ।

    पशुपतिनाथ मन्दिरबाट दैनिक तीन लाखदेखि तीन लाख ५० हजार रुपैयाँसम्म भेटी संकलन हुन्छ ।कोषका प्रवक्ता रेवतिरमण अधिकारीका अनुसार संकलित भेटी नेपाल इन्भेस्टमेन्ट मेघा बैंकको बत्तीसपुतली शाखाका कर्मचारीले मन्दिर परिसरमै जम्मा गर्ने गरेका थिए ।

    पक्राउ परेका अनिल परियारले कोषाध्यक्ष सुवेदीले नै आफूहरूलाई नै पैसा संकलन गर्न र लुकाएर ल्याउन खटाएको बयान प्रहरीलाई दिएका छन् । उनले परियारले सुवेदीकै निर्देशनमा दैनिक तीन हजारदेखि १५ हजारसम्म लिने गरेको प्रहरीसमक्ष बयान दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij