Logo

Jun 06 2025 | २०८२, जेठ २३गते

Jun 06 2025 | २०८२, जेठ २३गते

images

तरलता व्यवस्थापनका लागि बैंकिङ प्रणालीबाट आज ३५ अर्ब रुपैया तानिदै

तरलता व्यवस्थापनका लागि बैंकिङ प्रणालीबाट आज ३५ अर्ब रुपैया तानिदै

  • काडमाडौ । तरलता व्यवस्थापनका लागि बैंकिङ प्रणालीबाट थप ३५ अर्ब रुपैयाँ  सोसिँदै छ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट थप ३५ अर्ब रुपैयाँ तानिरहेको हो  ।राष्ट्र बैंकले बिहीबार आज निक्षेप संकलन उपकरण बोलकबोलमार्फत १४ दिन अवधिका लागि ३५ अर्ब रुपैयाँ तरलता तान्न लागेको हो।

    निक्षेप संकलन उपकरणमा लगानी गर्न चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी आवेदन बिहीबार ३ बजेसम्म पेस गर्न सक्ने छन्।

    राष्ट्र बैंकले निक्षेप संकलन खरिदका लागि बोलकबोलमा आवेदन दिन बैंक तथा वित्तीय संस्थालाई यस्तो आह्वान गरेको छ ।राष्ट्र बैंकले अधिक तरलता भएपछि बैंकिङ प्रणालीबाट निक्षेप संकलन उपकरणमार्फत यसअघि खिचेको ७० अर्ब रुपैयाँ परिपक्व हुन बाँकी छ। आज तान्न लागेको निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलबाट तय हुनेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij