Logo

Jun 06 2025 | २०८२, जेठ २३गते

Jun 06 2025 | २०८२, जेठ २३गते

images

सामाजिक सुरक्षा भत्ताका लागि परिचयपत्र नम्बर अनिवार्य गर्ने सरकारको निर्णयको सांसदहरूद्वारा विरोध

सामाजिक सुरक्षा भत्ताका लागि परिचयपत्र नम्बर अनिवार्य गर्ने सरकारको निर्णयको सांसदहरूद्वारा विरोध

  • काठमाडौं । सरकारले सामाजिक सुरक्षा भत्ताका लागि परिचयपत्र नम्बर र बायोमेट्रिक अनिवार्य गरेकोमा सांसदहरूले त्यसको विरोध गरेका छन् । बिहीबार प्रतिनिधि सभाको विशेष समय र शून्य समयमा बोल्ने सांसदहरूले सरकारको यस्तो निर्णयको विरोध गरेका हुन् । सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरिनु राम्रो निर्णय भएपनि पूर्वतयारी नपुगेकाले तत्कालका लागि रोक्न उनीहरूले  माग गरे ।

    नेकपा एमालेका सांसद ऋषिकेश पोखरेलले पूर्वतयारीबेगर अनिवार्य गरेर गृह मन्त्रालयले सामाजिक आतंक मच्चाएको बताए।देशभरका वडा कार्यालयहरू, इलाका प्रशासन कार्यालयहरू, जिल्ला प्रशासन कार्यालयहरूमा अपाङ्गता भएकाहरू, बिरामी भएका ज्येष्ठ नागरिकहरूलाई कसैले नाम्लाले बोकेर, कसैले रिक्सामा चढाएर लैजाने, कसैले गाडी खोजेर लगेका छन्। यो परिस्थितिले ज्येष्ठ नागरिक, अपागंता भएकाहरु र बिरामीको के हालत भइरहेको प्रश्न गर्दै सांसद पोखरेलले आपत्ति जनाए ।


    एमाले सांसद विद्या भट्टराईले पनि दुर्गम गाउँदेखि घन्टौं लगाएर अक्सिजन सिलिण्डरसमेत बोक्दै जिल्ला प्रशासन कार्यालय आउनुपर्ने, पालो नपाएर फर्कनुपर्ने बाध्यता रहेको बताइन ।यसको समाधानका लागि सामाजिक सुरक्षाको भत्ताका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गर्नका लागि तोकिएको साउनलाई केही पर सार्नुपर्ने बताइन् ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij