Logo

Jul 14 2024 | २०८१, असार ३०गते

images

अमेरिकाद्वारा युक्रेनका लागि १ अर्ब ५० करोड डलर सहायता घोषणा


नया सडक

२०८१, असार २ आइतबार

  • 246
    Shares

  • अमेरिकाद्वारा युक्रेनका लागि १ अर्ब ५० करोड डलर सहायता घोषणा

     

    images

    वासिङ्टन । अमेरिकाले युक्रेनका लागि १ अर्ब ५० करोड डलरको नयाँ सहायता घोषणा गरेको छ । उपराष्ट्रपति कमला ह्यारिसले रुसी आक्रमणको दुई वर्षभन्दा लामो समयपछि मुख्यरुपमा युक्रेनको ऊर्जा क्षेत्र र मानवीय सहायताका लागि उक्त सहयोग घोषणा गरेकी हुन् । 

    स्विट्जरल्यान्डको लक्जरी बर्गेनस्टक माउन्टेन रिसोर्टमा दुई दिने शान्ति शिखर सम्मेलनमा सहभागी भएकी ह्यारिसले उक्त सहायतामा ५० करोड डलर नयाँ कोष समावेश भएको जानकारी दिइन् यसअघि घोषित युएसएआइडी कोषमा थप ३२ करोड ४० लाख डलर पनि आपत्काली ऊर्जा आवश्यकताहरु पूरा गर्नका लागि पुनःनिर्देशित गरिनेछ । 

    “यो कोषले युद्धमा क्षतिग्रस्त ऊर्जा पूर्वाधारको मर्मत गर्नेछ, विद्युत् उत्पादनको विस्तार गर्नेछ, निजी क्षेत्रको लगानीलाई प्रोत्साहन गर्नेछ र ऊर्जा पूर्वाधारको संरक्षण गर्नेछ”, उपराष्ट्रपति ह्यारिसले एक वक्तव्यमा भनिन् , “यी प्रयासहरुले युक्रेनलाई मर्मत र पुनरप्राप्तिको समर्थन गरेर, ऊर्जा आपूर्ति व्यवधानप्रति युक्रेनको लचिलोपनमा सुधार गरेर र ऊर्जा प्रणालीको मर्मत तथा विस्तारका लागि आधार तयार गरेर उसको पूर्वाधारमा रुसको पछिल्लो आक्रमणलाई जवाफ दिन सहयोग प्राप्त हुनेछ ।”

    युएसएआइडी र विदेश मन्त्रालयको नयाँ प्याकेजमा ३७ करोड ९० लाख डलरभन्दा बढी मानवीय सहायता सामेल छ । “यसले युक्रेनी जनताविरुद्ध रुसको क्रुर युद्धबाट प्रभावित शरणार्थीहरु, आन्तरिकरुपमा विस्थापितहरु र द्वन्द्व–प्रभावित समुदायहरुको तत्कालको आवश्यकता पूरा गर्न मद्दत गर्नेछ”, ह्यारिसले भनिन् । उनका अनुसार कांग्रेसको समर्थनमा विदेश मन्त्रालयले युक्रेनी नागरिक सुरक्षा सहायतामा थप ३० करोड डलर प्रदान गर्नेछ । 

    “यो समर्थनले उनीहलाई युक्रेनी क्षेत्रको रक्षा गर्न, क्रेमलिनको आक्रमणबाट लक्षित नागरिकलाई बचाउन, महत्वपूर्ण पूर्वाधारको संरक्षण गर्न र युद्ध अपराध तथा अन्य अत्याचारका एक लाख २० हजारभन्दा बढी दर्ता भएका मुद्दाहरुको अनुसन्धान गर्न सुरक्षितरुपमा युद्धको अग्रमोर्चामा काम गर्न सहयोग गर्नेछ”, उपराष्ट्रपति ह्यारिसले भनिन्  ।  

    एएफपी

     

    प्रतिक्रिया दिनुहोस