Logo

Nov 06 2025 | २०८२, कात्तिक २०गते

Nov 06 2025 | २०८२, कात्तिक २०गते

images

६ किलो सुन पक्राउ परेका चिनियाँ नागरिक दाबी गर्नेसँग नेपाली नागरिकता

६ किलो सुन पक्राउ परेका चिनियाँ नागरिक दाबी गर्नेसँग नेपाली नागरिकता

  • काठमाडौं । ६ किलो सुन र ४८ लाख नगदसहित पक्राउ परेका चिनियाँ नागरिक भनिएका व्यक्तिसँग नेपाली नागरिकता बरामद भएको छ ।आइतबार राति पक्राउ  ६ किलो सुनसँग पक्राउ परेका  बेला चिनियाँ नागरिक भएको भन्ने व्यक्तिको कोठबाट नेपाली नागरिकताको प्रमाण पत्र फेला परेको हो । 

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले उनलाई सोमबार सार्वजनिक गरेको हो । (सिआइबी) ले आइतबार एक चिनियाँ नागरिक बताउने व्यक्तिलाई पक्राउ गरेको एसपी होबिन्द्र बोगटीले जानकारी दिए। 

    सीआईबीले ६० किलो सुन तस्करी प्रकरणमा अनुसन्धान गर्ने क्रममा अवैध सुन खरिद बिक्री बापत सुनको भुक्तानी क्रिप्टोकरेन्सी (युएसडिटी) बाट दिने मानिसहरूको खोजी गरिरहेको बेला उनी पक्राउ परेका हुन् ।

    सार्वजनिक गरिएका व्यक्ति काठमाडौं महानगरपालिका वडा नम्बर ६ बौद्ध तीनचुलीमा डेरा गरी बस्ने शेरब ग्याल्मो भनिने सोनाम गुरूङ हुन् ।

    उनले आफू चिनियाँ नागरिक रहेको भनेर प्रहरीलाई बताएका छन्। उनको कोठामा तलासी लिँदा प्रहरीले ६ किलो सुन र ४८ लाख नगद बरामद गरेको थियो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij