Logo

Nov 06 2025 | २०८२, कात्तिक २०गते

Nov 06 2025 | २०८२, कात्तिक २०गते

images

सुन तस्करीमा जोडिएका सवा अर्ब जति अवैध डिजिटल कारोबार गर्ने आरोपमा पशुपति ट्रेड कन्सर्नका सञ्चालक पक्राउ

सुन तस्करीमा जोडिएका सवा अर्ब जति अवैध डिजिटल कारोबार गर्ने आरोपमा पशुपति ट्रेड कन्सर्नका सञ्चालक पक्राउ

  • काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले   सुन तस्करी र हुण्डीको कारोबारमा जोडिएको आरोपमा पशुपति ट्रेड कन्सर्नका सञ्चालकलाई पक्राउ गरेको छ । सीआईबीले सोमबार बाराबाट  पशुपति ट्रेड कन्सर्नका सञ्चालक अरुणकुमार यादव पक्राउ परेका हुन् ।

    यादवले एक वर्षको अवधिमा १ अर्ब २० करोड ४२ लाख रुपैयाँ बराबरको कारोबार गरेको सीआईबी पता लगाएको स्रोतको भनाइ  छ । स्रोत अनुसार पेवेल र सजिलो भुक्तानी सेवाका बारास्थित एजेन्ट रहेका यादवले  पेवेलमार्फत १ अर्ब १७ करोड ३२ लाख र सजिलो पेमार्फत् ३ करोड ३८ लाखको कारोबार गरेका हुन् ।

    पेवेल र सजिलो पेका सञ्चालक, कर्मचारी र एजेन्ट गरी पक्राउ पर्नेको संख्या उनी समेत ७ पुगेको छ ।यसअघि पेवेलका एजेन्ट बुटवलस्थित जेके मनी ट्रान्सफरका सञ्चालक लालबहादुर कुँवर पक्राउ परेका थिए । उनले एक वर्षको अवधिमा ३ अर्ब ३४ करोडको कारोबार गरेको भेटिएको थियो ।

    हेर्दा सामान्य देखिने र वैध कारोबार पनि न्यून रहेको उक्त मनी ट्रान्सफरले एक वर्ष अवधिमा झण्डै साढे ३ अर्बको कारोबार गरेको पाइएपछि सीआईबीले उनलाई पक्राउ गरेको थियो ।

    त्यसअघि सीआईबीले एकै दिन सजिलो पेवेलका दुई वटा भुक्तानी सेवाका ६ जनालाई पक्राउ गरेको थियो । २५ जेठमा सीआईबीले पेवेलका अध्यक्ष भीमप्रसाद तिमिल्सिना, सहायक कार्यकारी अधिकृत प्रज्वल आचार्य र सञ्चालक समिति सदस्य सुरज शमशेर जबरालाई पक्राउ गरेको थियो । पेवेलका सीईओ सतेन्द्र श्रेष्ठ फरार छन् ।

    सोही दिन सजिलो पेका सञ्चालक सुशील जाकीबञ्जा, कार्यकारी प्रमुख अधिकृत कश्यप मानन्धर र फुन्सुक डाग्पा अथुप्छाङ खम्पा पक्राउ परेका थिए ।पेवेलको नेपालमा १९ सय एजेन्ट छन् । ती मध्ये २० एजेन्टले तस्करीको सुन खरिद बापतको भुक्तानी अवैध तरिकाले पेवेलको खातामा सोझै जम्मा गरेर एजेन्टमार्फत कारोबार गरेको देखाएको सीआईबीको दाबी छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij