Logo

Jun 06 2025 | २०८२, जेठ २३गते

Jun 06 2025 | २०८२, जेठ २३गते

images

नेपाल धितोपत्र बोर्ड अध्यक्ष चयन अन्तर्वार्तामा तीन जना आजपनि अनुपस्थित भएपछि कानुनी  प्रक्रिया अघि बढाइने

नेपाल धितोपत्र बोर्ड अध्यक्ष चयन अन्तर्वार्तामा तीन जना आजपनि अनुपस्थित भएपछि कानुनी  प्रक्रिया अघि बढाइने

  • काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष चयन प्रक्रिया अन्तर्गत आजपनि छनौट भएका तीनले अन्तर्वार्तामा नआएपछि कानुनी प्रक्रिया अघि बढ्ने भएको छ ।छनौट भएका पाँच जना मध्ये यसअघि अनुपस्थित भएका तीन जनालाई  दोस्रो पटक अन्तर्वार्तामा बोलाउँदा  अनुपस्थित भएकाले सो सम्बन्धी कानुन प्रक्रिया अगाडि बढ्ने भएको हो ।

    अन्तर्वार्ताका लागि छानिएका ५ जनामध्ये ३ जनाले अन्तर्वार्ता दोस्रो पटक बहिस्कार गरेका छन् । यससँगै कानुनी व्यवस्थाअनुसार अघि बढ्नेगरी छानबिन समितिले तयारी गरेको छ । मन्त्रिपरिषद्को बैठकमा ५ जनामध्येबाट ३ जनाको नाम छानेर सिफारिस गर्नुपर्ने हुन्छ ।
    यसअघि असार २ गतेका लागि कार्यपत्र प्रस्तुतिका लागि छनोट सूचीमा परेका ५ जनालाई बोलाइएको थियो । सो कार्यपत्र प्रस्तुतिका क्रममा २ जना मात्र उपस्थित भएका थिए । अनुपस्थित भएका ३ जनालाई आज बुधबारका लागि फेरि बोलाइएपनि उनीहरू अनुपस्थित रहे ।

    आज ९ बजेलाई बोलाइएको अन्तरवार्तामा समेत कृष्णबहादुर कार्की, चिरञ्जीवी चापागाईँ र नवराज अधिकारी अनुपस्थित रहेका  हुन् । २ गतेको अन्तरवार्तामा सन्तोष नारायण श्रेष्ठ र मुक्ति श्रेष्ठ उपस्थित थिए । अनुपस्थित भएका सबै सरकारी कर्मचारी छन् । यो पदमा नियुक्तिका लागि ठुलै शक्तिकेन्द्रहरूको स्वार्थ परिचालित हुने गर्छ । यसमा राजनीतिक दलका नेताहरूको चलखेल मात्रै होइन तिनका पछाडि रहेका उद्योगी व्यवसायीको शक्तिखेल भएको हुन्छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij