Logo

Aug 22 2025 | २०८२, भदौ ६गते

Aug 22 2025 | २०८२, भदौ ६गते

images

निजी क्षेत्रलाई विद्युतमा लगानी बढाउने खालको उर्जा नीतिको आवश्यकता

निजी क्षेत्रलाई विद्युतमा लगानी बढाउने खालको उर्जा नीतिको आवश्यकता

  • काठमाडौं । ऊर्जा क्षेत्रमा ठुल्ठुला काम गर्न  भवनलगायतका पूर्वाधारको अभाव भएको औँल्याइएको छ । राजधानीमा मार्टिन चौतारीद्वारा आयोजित ऊर्जा , सुरक्षा र स्वच्छ ऊर्जा रुपान्तरणका लागि जलविद्युतसम्बन्धी छलफलमा सहभागीहरूले यस्तो बताएका हुन् ।

    नेपाल विद्युत प्राधिकरणका पूर्व उपकार्यकारी निर्देशक तथा ऊर्जाविद् प्रबल अधिकारीले २०३०सम्म १० हजार मेगावाट बिजुली उत्पादन हुने अनुमान गरिएको बताए ।अनुमान गरिए अनुसारको ऊर्जा उत्पादनभए नेपालको कुल गार्हस्थ्य उत्पादन(जीडीपी)को ८० प्रतिशत हिस्सा ऊर्जा क्षेत्रले ओगटने उनले बताए ।

    बिजुली उत्पादनमा निजी क्षेत्रको ठुलो लगानी भएपनि त्यसमा निजी क्षेत्रलाई बढी प्रोत्साहन दिनुपर्नेमा त्यस्तो नगरिएको बताउँदै उनले ऊर्जा नीतिमा यस्ता विषय समेटेर अगाडि बढ्नुपर्ने बताए ।

    सुख्खा मौसमका लागि अहिले काम थालेर नहुने बताउँदै उनले आठ दशवर्ष अघिदेखि यसका लागि काम गर्नुपर्नेमा त्यसो नभएको बताए ।जलवायु परिवर्तनले गर्दा अहिले जलविद्युतमा भएको लगानीमा निजी क्षेत्रले समस्या भोग्नुपर्ने उनको भनाइ थियो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij