Logo

Jul 05 2025 | २०८२, असार २१गते

Jul 05 2025 | २०८२, असार २१गते

images

नेपालमा काम गर्ने भारतीय नागरिकले क्यूआर कोडबाट पैसा पठाउन सक्ने , दिनको १५ हजार महिनामा १ लाखसम्म पठाउन मिल्ने

नेपालमा काम गर्ने भारतीय नागरिकले क्यूआर कोडबाट पैसा पठाउन सक्ने , दिनको १५ हजार महिनामा १ लाखसम्म पठाउन मिल्ने

  • काठमाडौं । नेपालमा काम गर्ने  भारतीय नागरिकले क्यूआर कोडबाट भारतमा पैसा पठाउन वा भुक्तानी गर्न पाउने सुविधा पाएका छन् ।बिहीबार नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले विदेशी विनिमय कारोबार गर्ने संस्थालाई जारी गरेको एकीकृत निर्देशिकामा संशोधन गरी सो सुविधा दिएको हो ।

    केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले नेपालमा कार्यरत भारतीय नागरिकले नेपाली वाणिज्य बैंक तथा राष्ट्रियस्तरका विकास बैंकमा खोलेको खाता आबद्ध विद्युतीय बैंकिङ, अन्तरबैंक भुक्तानी, मोबाइल बैंकिङ, क्यूआर कोडमार्फत् भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ । 
    नेपालमा कार्यरत भारतीय नागरिकले ती खातामा प्रतिदिन भारु १५ हजार र प्रति महिना १ लाख भारु जम्मा हुने गरी पारिश्रमिकवापतको सटही सुविधा पाउँछन् ।

    यसअघि कार्डबाट मात्रै भुक्तानी गर्न मिल्नेमा अब क्यूआर कोडमार्फत पनि भुक्तान गर्न सकिने व्यवस्था नेपाल राष्ट्र बैंकले गरेको छ ।  राष्ट्र बैंकले राष्ट्रिय भुक्तानी स्विच पूर्ण रुपमा सञ्चालनमा नआएसम्म रिटेल पेमेन्ट स्विचबाट भुक्तानी गर्न मिल्ने व्यवस्था गरिएको जनाएको छ ।भारतीय रुपैयाँको सटही सुविधा भारत र भुटानमा क्यूआरलगायत विद्युतीय माध्यमबाट हुने मर्चेन्ट पेमेन्ट समेत उपलब्ध हुनेछ । रेमिट्यान्स रकम पनि इ–बैंकिङ, मोबाइल बैंकिङ, अन्तर बैंक भुक्तानी र क्यूआर कोडमार्फत् भित्र्याउन सकिने भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij