Logo

Sep 11 2025 | २०८२, भदौ २६गते

Sep 11 2025 | २०८२, भदौ २६गते

images

न्युरोडस्थित ब्रम्हटोलको प्रतीक इन्टरप्राइजेजबाट स्रोत नखुलेको बीस लाख बढी हुण्डी रकमसहित भारतीय नागरिक पक्राउ

न्युरोडस्थित ब्रम्हटोलको प्रतीक इन्टरप्राइजेजबाट स्रोत नखुलेको बीस लाख बढी हुण्डी रकमसहित भारतीय नागरिक पक्राउ

  • काठमाडौं । स्रोत नखुलेको अवैध रकम कारोबार गर्ने भारतीय नागरिक पक्राउ परेका छन् ।काठमाडौं महानगरपालिका वडा न १२ ब्रह्मटोलस्थित प्रतीक इन्टरप्राइजेजबाट स्रोत नखुलेको बीस लाख चालीस हजार रुपैयासहित भारतीय नागरिक पक्राउ परेका हुन् ।

    असार ११ गते अवैध कारोबार भइरहेको सूचनाको आधारमा सो इन्टरप्राइजेजमा खानतलाशी गर्दा  जिल्ला प्रहरी परिसर काठमाडौंको  विशेष प्रहरी टोलीले प्रतीक इन्टरप्राइजेजबाट २० लाख ४० हजार स्रोत नखुलेको अवैध रकम बरामद गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्र.उ. नवराज अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    नेपालमा प्रतिबन्धित भर्चुअल रकम वा क्रिप्टोकरेन्सीको कारोबार अन्तर्गत बिनान्स मार्फत ६ करोड २६ लाख ६९ हजार ९सय ४७ रुपैयाको कारोबार भएको पाइएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा भारतको बिहार राज्यका मोतीहारी जिल्ला घर भई हाल काठमाडौं महानगरपालिका वडान १२ ब्रह्मटो बस्ने वर्ष ३८का  निरन्जन कुमार रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij