Logo

Jun 10 2025 | २०८२, जेठ २७गते

Jun 10 2025 | २०८२, जेठ २७गते

images

भुगर्भ  सिमेन्टले  आईपीओ निष्कासन गर्ने , विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट

भुगर्भ  सिमेन्टले  आईपीओ निष्कासन गर्ने , विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट

  • काठमाडौं। भुगर्भ सिमेन्ट लिमिटेडले नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई आईपीओ निष्कासन तथा विक्री प्रबन्धक नियुक्त गरेको छ । सर्वसाधारणमा जारी पूँजीको २० प्रतिशतका दरले प्रतिशेयर अंकित मूल्य रू. १०० मा साधारण शेयरको सार्वजनिक निष्कासन गर्नेगरी नबिल इन्भेष्टमेन्टलाई निष्कासन तथा विक्री प्रबन्धकमा नियुक्त गरिएको हो ।

    सो सम्बन्धमा कम्पनी र नबिल इन्भेष्टमेन्टबीच बिहीवार सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपकराज गिरी र नबिल इन्भेष्टमेन्टका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij