Logo

Nov 18 2025 | २०८२, मंसिर २गते

Nov 18 2025 | २०८२, मंसिर २गते

images

सर्वोच्चद्वारा धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति गर्न नयाँ प्रक्रिया अगाडि नबढाउन अन्तरिम आदेश

सर्वोच्चद्वारा धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति गर्न नयाँ प्रक्रिया अगाडि नबढाउन अन्तरिम आदेश

  • काठमाडौं। सर्वोच्च अदालतले धितोपत्र बोर्डको अध्यक्ष छनौट  प्रक्रिया अगाडि नबढाउन सरकारलाई आदेश दिएको छ ।अध्यक्ष छनौट प्रक्रिया अन्तर्गत लिइएको अन्तर्वार्तामा सामेल दुईमध्ये एकले हालेको मुद्दामा सर्वोच्चका न्यायाधीश अव्दुल अजीज मुसलमानको एकल इजलासले नयाँ अध्यक्ष छनौट प्रक्रिया रोक्न अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

    धितोपत्र बोर्डको अध्यक्षका लागि १९ जनाले आवेदन दिएका थिए। त्यसमध्ये ५ जना सर्टलिस्टमा परेका थिए। ५ मध्ये तीन जना अन्तर्वार्ताका लागि गएनन्। कानुनी व्यवस्था अनुसार, कम्तीमा तीन जनाको नाम नियुक्तिका लागि सिफारिस गर्नु पर्ने भएकाले अन्तर्वार्तामा दुई जना मात्र उपस्थित भएका थिए ।

    त्यसपछि कम्तीमा ३ जना सिफारिस गर्ने विधिबारे विवाद भएपछि त्यो प्रक्रिया रद्द गर्ने निर्णय गरिएको थियो ।सोही निर्णय विरुद्ध सर्वोच्चमा सन्तोष नारायण श्रेष्ठले रिट दायर गरेका थिए ।श्रेष्ठको सो रिटमा सर्वोच्चले नयाँ प्रक्रिया यथास्थानमा राख्दै सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको हो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij