Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

विद्युत प्राधिकरण आक्रामक , बक्यौता रकम नतिर्ने उद्योगहरूको लाइन काटिदै

विद्युत प्राधिकरण आक्रामक , बक्यौता रकम नतिर्ने उद्योगहरूको लाइन काटिदै

  • काठमाडौं। नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनबापतको बक्यौता बुझाउन अटेर गरी बसेका  उद्योगहरूको  लाइन फेरि काट्न सुरु गरेको छ ।उद्योगीहरूले मंगलबार दिउँसो विद्युत प्राधिकरणले बक्यौता बुझाउन भनी पठाएको पत्र विरुद्ध पत्रकार सम्मेलन गरी विरोध गरेको केही घन्टा पछि मंगलबार रातिदेखि लाइन काट्न सुरु गरिएको हो । 

    प्राधिकरणले मंगलबार राति रिलायन्स स्पिनिङ, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको बिजुली काटिदिएको हो।बिजुलीको लाइन काटिएपछि यसअघि पनि सरकार र उद्योगीबीच विवाद भएको थियो। विवादपछि सरकारले महसुल समस्या समाधानका लागि आयोग नै बनाएको थियो।

    आयोगको प्रतिवेदनपछि प्राधिकरणले उद्योगको लाइन काट्न लागेको हो। प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले बक्यौता नबुझाउने ६१ वटै उद्योगको लाइन काट्ने तयारी गरेकोमा उद्योगीहरूले त्यसको विरोधमा मंगलबार पत्रकार सम्मेलन गरी  उत्रिए ।
    उद्योगीहरूले यसरी विरोधमा उत्रिएको केही घन्टामै लाइन काट्न सुरु गरिएको हो ।

    पीडित उद्योगीहरूको समूहले जारी गरेको विज्ञप्तिमा भनिएको ‘न्यायिक आयोगको सिफारिस तथा मन्त्रिपरिषद्को निर्देशनविपरीत हुने गरी नेपाल विद्युत् प्राधिकरणले उद्योगीलाई तर्साउने र धम्काउने काम सुरु गरेको छ। यसप्रति हामी पीडित तथा प्रताडित उद्योगी समूहको गम्भीर ध्यानाकर्षण भएको छ,’

    udyogi.jpeg

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij