Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

हालै बुक बिल्डिङ प्रक्रिया मार्फत रिलायन्स स्पिनिङको आईपीओ जारी प्रक्रियामा गोलमाल भएको सार्वजनिक लेखा समितिको आशंका

हालै बुक बिल्डिङ प्रक्रिया मार्फत रिलायन्स स्पिनिङको आईपीओ जारी प्रक्रियामा गोलमाल भएको सार्वजनिक लेखा समितिको आशंका

  • काठमाडौं । सार्वजनिक लेखा समितिले रिलायन्स स्पिनिङले हालै मात्र नेपाल धितोपत्रबाट अनुमति लिई बुक बिल्डिङ प्रक्रियामार्फत उक्त कम्पनीको आईपीओ जारी भएको सम्बन्धमा प्रश्नहरू खडा गरेको छ ।नेपाल धितोपत्र बोर्डको नाममा जानकारी उपलब्ध गराइदिने सम्बन्धमा पठाएको पत्रमा सार्वजनिक लेखा समितिले ती सवालहरू खडा गरेको हो ।

    पत्रमा भनिएको छ ‘ उपरोक्त सम्बन्धमा रिलायन्स स्पिनिङ मिल्सले हालै मात्र नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई चुक विल्डिङ प्रक्रियामार्फत उक्त कम्पनीको आईपीओ जारी भएको सम्बन्धमा विभिन्न सञ्चारमाध्यममा आएको समाचारको विषयप्रति यस समितिको गम्भिर ध्यानाकर्षण भएको छ । यसअघि संस्थागत लगानीकर्तालाई आईपीओ विक्री गरिसकिएता पनि सर्वसाधारणलाई जारी हुन लागेको भनिएको उक्त कम्पनीको आईपीओको सम्बन्धमा देहायका जिज्ञासाहरुको स्पष्ट जवाफ ७ (सात) दिनभित्र उपलब्ध गराइदिनुहुन माननीय सभापतिज्यूको निर्देशानुसार अनुरोध गर्दछु।’

    सार्वजनिक लेखा समितिले सो पत्रमा उठाएका सवालहरू निम्न प्रकार रहेका छन् ।

     १. उक्त कम्पनीको आधार मूल्य के आधारमा तय गरिएको हो ? बुक विल्डिङमा आउने कम्पनीको आधार मूल्य तय गर्ने अधिकार कसलाई छ र यसको प्रक्रिया के हो ? 

    २. रिलायन्स स्पिनिङ मिल्सले बुक विल्डिङमा आईपीओ ल्याउँदा अर्थात गत आर्थिक वर्षमा आफ्नो वित्तीय विवरणमा प्रतिसेयर आम्दानी ५४ रुपैयाँ ३४ पैसा रहेको उल्लेख गरेको थियो तर अहिले एक वर्ष नपुग्दै उक्त आम्दानी घटेर २ रुपैयाँ ०८ पैसामा सिमित भएको छ । अर्थात यसअघि वित्तीय विवरण तयार गर्दा बदनियत (म्यानुपुलेशन) भएको अनुमान गर्न किन नसकिने ?

    ३. सर्वसाधारण र संस्थागत लगानीकर्तालाई कम्पनीको तर्फवाट जारी गरिएको आह्वान पत्रमा वित्तीय विवरणको प्रक्षेपण आर्थिक वर्ष २०७९।८० मा प्रतिसेयर आम्दानी ५४.३४ रुपैयाँ, आर्थिक वर्ष २०८०।८१ मा ३२.९० रुपैयाँ, २०८१।८२ मा ३२.८९ र २०८२।८३ मा ५३.९३ रुपैयाँ रहेकोमा कम्पनीबाट प्रकाशित आर्थिक वर्ष २०८०।८१ को चैत्रसम्मको वित्तीय विवरणमा प्रतिसेयर आम्दानी रुपैयाँ २.०८ मात्र देखाएको हुँदा प्रक्षेपित विवरण र वास्तविकतामा सामन्जस्यता नदेखिएको हुँदा सो सम्बन्धमा के भएको हो सोको स्पष्ट जानकारी उपलब्ध गराइदिनुहुन । 

    ४. उक्त कम्पनीमा बुक विल्डिङका लागि बिड गर्न योग्य संस्थागत लगानीकर्ताको उक्त कम्पनी वा कम्पनीका सञ्चालकहरुसँग स्वार्थ वाझिएको छ कि छैन ? बुक विल्डिङमा कुन संस्थागत लगानीकर्ताले कति मूल्यमा कति कित्ता सेयरका लागि आवेदन दिएका थिए सोको समेत विस्तृत विवरण उपलब्ध गराइदिनुहुन ।

    ५. कम्पनीले तीनवटा आर्थिक वर्षमा फरक फरक प्रतिसेयर आम्दानी (हरेक आ.व. मा घट्दै गएको। सार्वजनिक गरेको देखिएकोले सर्वसाधारण लगानीकर्ताको लगानी सुरक्षा सम्बन्धमा नेपाल धितोपत्र वोर्डको धारणा के हो ?

    सार्वजनिक लेखा समितिका शाखा अधिकृत अन्जना राईले पठाएको पत्रबाट रिलायन्स स्पिनिङको शेयरसम्बन्धी विषयमा गडबडी भएको देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij