Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

पुँजी बजारको लागि अर्थमन्त्री सकारात्मक रहेको ब्रोकर्स एसोसिएसनको विश्वास

पुँजी बजारको लागि अर्थमन्त्री सकारात्मक रहेको ब्रोकर्स एसोसिएसनको विश्वास

  • काठमाडौं। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले पुँजी बजारको विकासको विषयमा आफू सकारात्मक रहेको  विश्वास दिलाएका छन् ।मंगलबार  बधाई दिन अर्थ मन्त्रालयमा उपस्थित भएको धितोपत्र ब्रोकर्स एसोसिएसन नेपालको टोलीसँगको भेटघाटमा अर्थमन्त्री पौडेलले पुँजी बजारको विकास र स्थायित्वका लागि सक्रियरूपमा पहल गर्ने विश्वास’ दिलाएका हुन् ।

    एसोसिएसनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘मन्त्रीज्यूले पूँजी बजारप्रति आफू सकारात्मक रहेको र यस क्षेत्रको विकास र स्थायित्वका लागि सक्रियता पूर्वक पहल गर्ने बताउनुभएको छ।’ एसोसिएसनका अध्यक्ष सागर ढकालको नेतृत्वमा एक टोली मन्त्रालय पुगेर बधाइ दिएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij