Logo

Nov 18 2025 | २०८२, मंसिर २गते

Nov 18 2025 | २०८२, मंसिर २गते

images

अधिक तरलता व्यवस्थापन गर्न ५० अर्ब निक्षेप संकलन जारी गर्दै राष्ट्र बैंक

अधिक तरलता व्यवस्थापन गर्न ५० अर्ब निक्षेप संकलन जारी गर्दै राष्ट्र बैंक

  • काठमाडौँ ।केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण जारी गरी ५० अर्ब खिच्न लागेको हो।अहिले बैंकहरुमा तरलता थुप्रिएका कारण केन्द्रीय बैंकलाई ब्याजदर करिडोर व्यवस्थापन गर्न कठिन भएको छ। अन्तरबैंक ब्याजदर करिडोरको तल्लो सीमाभन्दा पनि तल झरेको छ। अहिले अन्तरबैंक ब्याजदर ३ प्रतिशत भन्दा तल छ।

    राष्ट्र बैंकले बैंकहरुलाई स्थायी तरलता सुविधा उपलब्ध गराए पनि अन्तरबैंक ब्याजदर सीमामा राख्न नसकेपछि निक्षेप संकलन उपकरण जारी गरि तरलता खिच्न लागेको हो। पछिल्लो समय केन्द्रीय बैंकले निरन्तर तरलता खिचिरहेको छ। बैंकहरुबाट डेढ खर्ब बढीको तरलता खिचेर राखेको छ।

    राष्ट्र बैंकमा निक्षेप राख्न चाहाने बैंकहरुले साउन २ गते बेलुका ३ बजेसम्ममा आवेदन गर्न सक्नेछन्। बैंकहरुले न्युनतम १० करोड निक्षेप राख्न आवेदन दिन सक्नेछन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij