Logo

Nov 18 2025 | २०८२, मंसिर २गते

Nov 18 2025 | २०८२, मंसिर २गते

images

सूर्योदय वोमी लघुवित्तले शुक्रवारदेखि एफपीओ जारी गर्ने

सूर्योदय वोमी लघुवित्तले शुक्रवारदेखि एफपीओ जारी गर्ने

  • काठमाडौं ।  सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले शुक्रवारदेखि  (एफपीओ)निष्कासन गर्न लागेको हो । गत पुस १९ गतेपछि ठप्प रहेको सार्वजनिक निष्कासन स्वीकृति प्रक्रिया जेठको पहिलो सातादेखि अघि बढेको हो । पछिल्लो समय बोर्डले दुई कम्पनीलाई हकप्रद शेयर , दुई कम्पनीलाई म्युचुअल फण्डको इकाई , एक कम्पनीलाई आईपीओ र एक कम्पनीलाई एफपीओ निष्कासनका लागि अनुमति दिएको छ । 

    बोर्डबाट असार २३ गते एफपीओ निष्कासन गर्न अनुमति पाएको सूर्योदय वोमी लघुवित्तले प्रतिकित्ता १०० रूपैयाँमै शुक्रवारदेखि एफपीओ निष्कासन गर्दैछ । 
    बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ र नेपाल राष्ट्र बैंकले मर्जरका लागि अतिम स्वीकृती पत्र प्रदान गर्दा दिएको निर्देशन बमोजिम कुल जारी पूँजीको कम्तीमा ३० प्रतिशत शेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने व्यवस्था बमोजिम कम्पनीले एफपीओ जारी गर्न लागेको हो । साविक सूर्योदय लघुवित्त वित्तीय संस्था र वोमी लघुवित्त वित्तीय संस्था मर्जरपछि सूर्योदय वोमी लघुवित्तवित्तीय संस्थाको रुपमा सञ्चालनमा रहेका छन् । कम्पनीको एफपीओ खरीदका लागि साउन ८ गतेसम्म आवेदन दिन सकिने व्यवस्था छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij