Logo

Nov 18 2025 | २०८२, मंसिर २गते

Nov 18 2025 | २०८२, मंसिर २गते

images

सूर्योदय वोमी लघुवित्तले आजदेखि एफपीओ निष्कासन गर्ने

सूर्योदय वोमी लघुवित्तले आजदेखि एफपीओ निष्कासन गर्ने

  • काठमाडौं ।सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि एफपीओ निष्कासन गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रूपैयाँमै एफपीओ निष्कासन गरेको हो । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ र नेपाल राष्ट्र बैंकले मर्जरका लागि अतिम स्वीकृती पत्र प्रदान गर्दा दिएको निर्देशन बमोजिम कुल जारी पूँजीको कम्तीमा ३० प्रतिशत शेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने व्यवस्था बमोजिम कम्पनीले ४६ हजार ७३० कित्ता एफपीओ निष्कासन गरेको हो ।

    साविक सूर्योदय लघुवित्त वित्तीय संस्था र वोमी लघुवित्त वित्तीय संस्था मर्जरपछि सूर्योदय वोमी लघुवित्तवित्तीय संस्थाको रुपमा सञ्चालनमा रहेका छन् ।विक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेडसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका सम्पूर्ण शाखा कार्यालयबाट एफपीओ खरीदका लागि आवेदन दिन सकिनेछ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij