Logo

Nov 18 2025 | २०८२, मंसिर २गते

Nov 18 2025 | २०८२, मंसिर २गते

images

शेयर बजारमा आएको हरियालीलाई समग्र अर्थतन्त्रमा ल्याउने प्रधानमन्त्री ओलीको भनाइ

शेयर बजारमा आएको हरियालीलाई समग्र अर्थतन्त्रमा ल्याउने प्रधानमन्त्री ओलीको भनाइ

  • काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले शेयर बजारको हरियाली समग्र अर्थतन्त्रमा ल्याउन विश्वास व्यक्त गरेका छन् ।प्रधानमन्त्री ओलीले शेयर बजारमा देखिएको उत्साह नयाँ सरकारप्रतिको विश्वासको प्रमाण भएको बताउँदै यस्तो बताएका हुन् ।

    आइतबार प्रतिनिधि सभामा विश्वासको मतको प्रस्ताव प्रस्तुत गर्ने क्रममा सेयर बजारमा देखिएको उत्साहलाई अब पूरै बजारमा फैलाउने प्रधानमन्त्री ओलीले  बताए ।

    ओलीले भने ‘उत्साहको शृंखला प्रारम्भ भएको छ। अर्थतन्त्रको ऐना मानिने सेयर बजार हरियो भएको छ। ५० लाखभन्दा बढी लगानीकर्ता संलग्न सेयर बजार पछिल्लो दुई सतामा ४०० अंकले बढेको छ ।सरकारप्रति जनताले देखाएको विश्वास र भरोसाको प्रमाण हो यो। अब शेयर बजार मात्रै होइन, देशको पूरै बजार चलायमान हुनेछ। सिंगो देशलाई चलायमान बनाउने आत्मविश्वास हामीसँग छ।’अर्थतन्त्रमा देखिएको सुस्तता अन्त्य गर्न निजी क्षेत्र र आमजनताको मनोबल बढाउने उनले बताए।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij