Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

देश बिचौलियाले चलाउने खतरा बढेको माओवादी नेता पुनको चिन्ता

देश बिचौलियाले चलाउने खतरा बढेको माओवादी नेता पुनको चिन्ता

  • काठमाडौं। नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले देश नेताहरुले नभई बिचौलियाहरुले चलाउने खतरा बढेको चिन्ता व्यक्त गरेका छन्।प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि आइतबार प्रतिनिधिसभामा आफ्नो दलको धारणा राख्ने क्रममा  पुनले  यस्तो बताएका हुन् ।नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा बिचौलियाले चलखेल गरेको र त्यसमा ओलीले बिचौलियालाई साथ दिएको उनले संकेत गरे । 

    आफूभन्दा अघि अर्थमन्त्री भएका कांग्रेसका  नेता डा. प्रकाशशरण महत र आफूले बिचौलियाको चलखेलले धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्न नसकेको भन्दै उनले नयाँ अर्थमन्त्री विष्णु पौडेलले के गर्छन् भन्ने हेर्ने बताए।

    पुनले आफ्ना अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले सुशासन र भ्रष्टाचारका मुद्दामा छानबिन र कारबाही अगाडि बढाएपछि कांग्रेस–एमाले मिलेको टिप्पणी गरे। उनले गिरिबन्धु ‘टी स्टेट’ र भुटानी शरणार्थी प्रकरणका विषयमा कारबाही अगाडि बढाएपछि सरकार ढलेको बताए।

    पुनले प्रधानमन्त्री ओलीले सदनमा गलत तथ्यांकको सहयोग लिएर देशको अर्थतन्त्र बिग्रेको बताएको आरोप लगाए ।एक वर्षको भित्र ६० प्रतिशत पुँजीगत खर्च गरिएको बताउँदै पुनले ओली प्रधानमन्त्री भएको तीन वर्षमा ५७ प्रतिशत पुँजीगत खर्च भएको आँकडा प्रस्तुत गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij