Logo

Nov 18 2025 | २०८२, मंसिर २गते

Nov 18 2025 | २०८२, मंसिर २गते

images

सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको एफपीओमा ३०५.६७ गुणा बढी आवेदन

सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको एफपीओमा ३०५.६७ गुणा बढी आवेदन

  • काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको थप सार्वजनिक निष्कासन (एफपीओ) मा मागभन्दा ३०५।६७ गुणा बढी आवेदन परेको छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार यसमा आज साँझ ५ः०६ बजेसम्ममा १ अर्ब ४२ करोड ८३ लाख ८० हजार रुपैयाँ बराबरको आवेदन परेको छ । 

    जसमा ९ लाख ५३ हजार ८८३ जना आवेदकहरुले १ करोड ४२ लाख ८३ हजार ८०० कित्ताका लागि आवेदन दिएका हुन् । यस लघुवित्तले साउन ४ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँमा ४६ हजार ७२९ कित्ता एफपीओ बिक्रीमा ल्याएको हो । 

    बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गरेको हो । यसमा साउन ८ गतेसम्म आवेदन दिन सकिनेछ । 

     

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij