Logo

Nov 18 2025 | २०८२, मंसिर २गते

Nov 18 2025 | २०८२, मंसिर २गते

images

नेप्से झिनो अंकले बढेर २४८८.०९ बिन्दुमा , कारोबार रकम घट्यो

नेप्से झिनो अंकले बढेर २४८८.०९ बिन्दुमा , कारोबार रकम घट्यो

  • काठमाडौँ । नेप्से झिनो अंक र प्रतिशतले बढेर आज  २४८८.०९ बिन्दुमा उक्लिएको छ ।  साताको दोस्रो दिन सोमबार ०.०८ प्रतिशतले वृद्धि भई २.१५ बिन्दुले बढेर नेप्से २४८८.०९ बिन्दुमा पुगेको हो । सोमबार कुल कारोबार १३ अर्ब ९१ करोड रुपैया बढीको भएको छ । यो साता कारोबारको पहिलो दिन आइतबार भन्दा कम हो ।

    आइतबार  कारोबार रकम रु १५ अर्ब नाघेको थियो ।  तीन सय १५ कम्पनीको चार करोड ११ लाख ९५ हजार पाँच सय ३४ कित्ता शेयर एक लाख ७७ हजार चार सय ६७ पटक खरिदबिक्री हुँदा रु १५ अर्ब २३ करोड ८२ लाख ७१ हजार दुई सय ९० बराबरको कारोबार भएको थियो  । 

    सोमबार ३सय ९ कम्पनीको कुल शेयर ३ करोड ९७ लाख ५४ हजार ७सय ११को १ लाख ७० हजार ५५९ पटक खरिद भएर १३ अर्ब ९१ करोड ५५ लाख ३५ हजार ४ सय ४०  रुपैयाको कारोबार भयो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij