
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको मूल्य अहिलेसम्मकै सर्वाधिक महँगो हुँदा युरो, पाउन्ड, अस्ट्रेलियन डलरसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ।
राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ६१ पैसा र बिक्रीदर १३४ रुपैयाँ २१ पैसा निर्धारण भएको छ।आज पुनः बढेर अमेरिकी डलरले अहिलेसम्मकै सर्वाधिक महँगो रेकर्ड कायम गरेको हो।बेलायती पाउन्ड १ को खरिददर १७२ रुपैयाँ ४८ पैसा र बिक्रीदर १७३ रुपैयाँ २५ पैसा निर्धारण भएको छ।
हिजो बेलायती पाउन्ड १ को खरिददर १७२ रुपैयाँ ७३ पैसा र बिक्रीदर १७३ रुपैयाँ ५१ पैसा थियो। अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ५१ पैसा र बिक्रीदर ८८ रुपैयाँ ९१ पैसा निर्धारण भएको छ। कुवेती दिनार १ को खरिददर ४३७ रुपैयाँ ०३ पैसा र बिक्रीदर ४३९ रुपैयाँ निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३६ रुपैयाँ ९३ पैसा र बिक्रीदर ४३८ रुपैयाँ ९० पैसा थियो। बहराइन दिनारको खरिददर ३५४ रुपैयाँ ४६ र बिक्रीदर ३५६ रुपैयाँ ०६ पैसा निर्धारण भएको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij