Logo

Sep 10 2025 | २०८२, भदौ २५गते

Sep 10 2025 | २०८२, भदौ २५गते

images

अपहरण मुद्दा लागेका पूर्व मन्त्री श्यामसुन्दर गुप्ता विरुद्ध थप सम्पत्ति शुद्धीकरणको मुद्दा दायर

अपहरण मुद्दा लागेका पूर्व मन्त्री श्यामसुन्दर गुप्ता विरुद्ध थप सम्पत्ति शुद्धीकरणको मुद्दा दायर

  • काठमाडौं । पूर्वमन्त्री एवं अपहरण तथा शरीर बन्धक मुद्दाको मुद्दा लागेका श्यामसुन्दर गुप्ताविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा पनि दायर भएको छ।

    सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गरेको  अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले काठमाडौँ जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको हो ।

    उनीमाथि ८५ लाख बराबरको बिगो धन सम्पत्तिसम्बन्धी शुद्धीकरणसम्बन्धी कसुर गरेको दाबी गर्दै सोही बराबर जरिवाना, दोब्बर बिगो अनि कैदको सजाय गर्न अभियोग पत्रमा मागदाबी गरिएको छ। प्रशान्तकुमार संघाईको जाहेरीले उनी विरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो ।

    पूर्वमन्त्री गुप्ताविरुद्ध यसअघि काठमाडौँ जिल्ला अदालतमा अपहरण तथा शरीर बन्धक मुद्दा विचाराधीन रहेको छ। गुप्तालाई सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ (संशोधन सहित) को दफा ३ को उपदफा (१) (क) (ख) र (ग) तथा उपदफा (२),(३) बमोजिमको कसुर गरेको देखिएकाले हुनुपर्ने माग अभियोग पत्रमा गरिएको छ। त्यस्तै गुप्ताको नाममा दर्ता भएको वा २ च ९४५४ र वा ६ च ९१०६ समेत का दुई थान सवारी साधन सोही ऐनको दफा ३४ (१) (ख) बमोजिम जफत हुन समेतको माग दाबी  अभियोग पत्रमा छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij