Logo

Jul 05 2025 | २०८२, असार २१गते

Jul 05 2025 | २०८२, असार २१गते

images

सपोर्ट माइक्रोफाइनान्सको खुद नाफा ७५.०३ प्रतिशतले बढ्यो

सपोर्ट माइक्रोफाइनान्सको खुद नाफा ७५.०३ प्रतिशतले बढ्यो

  • काठमाडौँ ।  सपोर्ट माइक्रोफाइनान्सको खुद नाफा बढेको छ । यसअवधिमा खुद नाफा ७५.०३ प्रतिशतले बढेर २ करोड ३८ लाख ४३ हजार रुपैयाँ पुगेको छ ।

    खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढ्दा खुद नाफा बढेको हो । साथै, संभावित जोखिम बापतको रकम कम छुट्याउन पर्दा नाफामा टेवा पुगेको हो ।

    यसअवधिमा खुद ब्याज आम्दानी १८.९१ प्रतिशतले बढेर ८ करोड २९ लाख ९९ हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा १९४.३८ प्रतिशतले बढेर २ करोड ९७ लाख ९१ हजार रुपैयाँ पुगेको छ । आघिल्लो वर्ष ३५ लाख ५७ हजार रुपैयाँ रहेको संभावित जोखिम वापतको रकम असार मसान्तमा ९ लाख ७३ हजार रुपैयाँमा आएको छ ।प्रतिसेयर आम्दानी ७ रुपैयाँ ८६ पैसाले बढेर २२ रुपैयाँ १६ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १४९ रुपैयाँ ५५ पैसा छ । 

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij