Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

सार्वजनिक खरिद अनुगमन कार्यालयले १५ कम्पनीलाई कालो सूचीमा राख्ने अन्तिम प्रक्रिया अगाडि बढायो

सार्वजनिक खरिद अनुगमन कार्यालयले १५ कम्पनीलाई कालो सूचीमा राख्ने अन्तिम प्रक्रिया अगाडि बढायो

  • काठमाडौं। सार्वजनिक खरिद अनुगमन कार्यालयले १५ वटा निर्माण कम्पनीलाई कालो सूचीमा राख्न थालेको छ । कार्यालयले काम नगर्ने १५ वटा निर्माण कम्पनीसँग कालोसूचीमा राख्नु अगाडि अन्तिम मौकाका रुपमा स्पष्टीकरण मागेको हो ।

    कार्यालयद्वारा बिहिबार जारी सूचनामा   अन्तिम मौकास्वरुप स्पष्टीकरण मागिएको छ ।पटकपटक ताकेता गर्दा समेत काममा बेवास्ता गरेपछि ती कम्पनीको  ठेक्का तोडेर कालोसूचीमा राख्ने तयारी गरिएको छ ।

    कार्यालयले आरआर कन्स्ट्रक्सन, विजन कन्स्ट्रक्सन, सेक्टर कन्सलटेन्ट एण्ड डभलपर्स, ज्योति निर्माण सेवा, युभी इन्जिनियरिङ कन्सल्ट्यान्ट एण्ड कन्स्ट्रक्सन, गणपति निर्माण सेवा, उर्जा–कृषभ जेभी, विमोर निर्माण सेवा, महिमा कन्स्ट्रक्सन, अमन कन्स्ट्रक्सन, सत्यश्वर कन्स्ट्रक्सन, सुदर्शन निर्माण सेवा, एसटीके ग्लोबल एफजेडसी सार्जाह युएई, रक्षा कन्स्ट्रक्सन र नेपाल बिल्डर्ससँग स्पष्टीकरण मागेको हो।

    यी कम्पनीहरुले मल ल्याउनेदेखि विकास निर्माणको काम अलपत्र पार्दै आइरहेकोमा विभिन्न सार्वजनिक कार्यलयहरुले यी निर्माण कम्पनीलाई कालोसूचीमा राख्नका लागि सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस गरेका थिए। 

    ३० दिन भित्र सन्तोषजनक स्पष्टीकरण प्राप्त नभए तिनलाई कालो सूचीमा राखिने भनी सार्वजनिक सूचनालाई कम्पनीहरूले बेवास्ता गरेपछि यो अन्तिम पटकको मौकाका रुपमा स्पष्टीकरण बुझाउन ७ दिनको समय दिइएको छ। यो अवधिमा सन्तोषजनक जवाफ नआए कालो सुचीमा राखिने छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij