Logo

Nov 17 2025 | २०८२, मंसिर १गते

Nov 17 2025 | २०८२, मंसिर १गते

images

आज कति छ विदेशी मुद्राको विनिमय दर ?

आज कति छ विदेशी मुद्राको विनिमय दर ?

  • काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।  दुई दिन निरन्तर रेकर्ड बनाएको डलरको मूल्य आज साउन ११ गते शुक्रबार घटेको छ। बिहीबार हालसम्मकै उच्च विन्दुमा पुगेको डलरको बिक्रीदर, यस दिन ४ पैसा घटेको हो।नेपाल राष्ट्र बैंकका अनुसार यस दिन डलरको बिक्रीदर १३४ रुपैयाँ २२ पैसा रहेको छ भने खरिददर १३३ रुपैयाँ ६२ पैसा रहेको छ।यस दिन युरोपियन युरो एकको खरिदमा १४४ रुपैयाँ ९९ पैसा र बिक्रीमा १४५ रुपैयाँ ६४ पैसा पाइन्छ।
    बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १७२ रुपैयाँ ०४ पैसा र बिक्रीदर १७३ रुपैयाँ ८१ पैसा तोकिएको छ।

    आज अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रुपैयाँ १५ पैसा र बिक्रीमा ८७ रुपैयाँ ५४ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ५७ पैसा र बिक्रीमा ९७ रुपैयाँ १ पैसा पाइन्छ।

    आज कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ६४ पैसा र बिक्रीमा ३६ रुपैयाँ ८१ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७८ पैसा तोकेको छ।

    युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ ३८ पैसा र बिक्रीमा ३६ रुपैयाँ ५४ पैसा पाइन्छ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij