काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्न शुक्रबार बिहान ८ बजे नै बोर्ड बैठक बोलाएको छ। मौद्रिक नीति पारित गर्ने मुख्य एजेण्डा राखेर राष्ट्र बैंकले बोर्ड बैठक बोलाएको हो।
राष्ट्र बैंकको उच्च व्यवस्थापन तहले गत साता नै मौद्रिक नीति पारित गरिसकेका भएपनि सरकार परिवर्तको कारणले गर्दा गत साता मौद्रिक नीति सार्वजनिक हुन सकेन्। प्रधानमन्त्री केपी शर्मा ओलीको आर्थिक सल्लाहकार युवराज खतिवडाले मौद्रिक नीतिमा थप संशोधन गर्नुपर्ने बताएपछि मौद्रिक नीति सार्वजनिक हुन सकेन। अहिले प्रधानमन्त्री र उनका सल्लाहकार खतिवडाको सुझावलाई समेत समेटेर राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै छ।मौद्रिक नीतिमार्फत शेयर बजार र घरजग्गामा लचिलो नीति ल्याउनुपर्ने उनीहरुको जोड छ। प्रधानमन्त्री ओलीले सँसदमा नै मौद्रिक नीति लचिलो आउने घोषणा गरिदिएका छन् भने अर्थमन्त्रीले मौद्रिक नीतिले अर्थतन्त्र चलायमान बनाउने बताएका छन्।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij