Logo

Sep 11 2025 | २०८२, भदौ २६गते

Sep 11 2025 | २०८२, भदौ २६गते

images

बर्खा लागेयता कुल रोपाइँ क्षेत्रको ९६ प्रतिशत बढीमा रोपाइँ पूरा, धानको उत्पादन बढ्ने अनुमान

बर्खा लागेयता कुल रोपाइँ क्षेत्रको ९६ प्रतिशत बढीमा रोपाइँ पूरा, धानको उत्पादन बढ्ने अनुमान

  • काठमाडौँ । बर्खा लागेयता हालसम्म कुल रोपाइँ हुने क्षेत्रफलको ९६ प्रतिशत बढीमा रोपाइँ भएको छ ।मनसुन देशमा सक्रिय भएयता करिब साढे १३ लाख हेक्टरमा धान रोपाइँ भएको हो ।पशुपन्छी विकास मन्त्रालयका अनुसार १४ लाख १ हजार २ सय ७३.७३ हेक्टरमा रोपाइँ हुन्छ ।  त्यस मध्ये साउन २० गतेसम्म१३ लाख ४९ हजार ६ सय ७.४ हेक्टरमा धान रोपाइँ भएको हो ।   यो कुल रोपाइँ हुने क्षेत्रफलको ९६.३ प्रतिशत हो ।गत वर्ष २०८० साउन १९ सम्म ८१.८ प्रतिशत मात्र रोपाइँ भएको थियो । 

    मन्त्रालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०÷८१ मा ५७ लाख २४ हजार २ सय ३४ टन धान उत्पादन भएको थियो । अहिले उत्पादन थप बढ्न सक्ने मन्त्रालयको  अनुमान छ । मन्त्रालयका विवरण अनुसार २०८० साउन  १९ सम्म ९९.२ प्रतिशत रोपाइँ भएकोमा यो वर्ष सुदूरपश्चिम प्रदेशमा शतप्रतिशत रोपाइँ भइसकेको छ । सुदूरपश्चिममा १ लाख ७४ हजार ५ सय ७६ हेक्टरमा धान रोपाइँ हुन्छ ।

    गत वर्ष साउन १९ सम्म कर्णालीमा ९६.३ प्रतिशत रोपाइँ भएको कर्णाली प्रदेशमा ९९.२ प्रतिशत रोपाइँ भएको छ । कर्णालीमा ४१ हजार ९ सय ४ हेक्टरमा रोपाइँ हुन्छ । अन्य प्रदेशमा पनि ९५ प्रतिशत बढी रोपाइँ भइसकेको छ । धान उत्पादनको राजधानी मानिने सबैभन्दा बढी धान रोपाइँ  हुने  मधेश प्रदेशमा ९५.४ प्रतिशत रोपाइँ भएको छ ।  मधेशमा ३ लाख ८६ हजार १ सय ५० हेक्टरमा रोपाइँ हुन्छ । साउन २० सम्म ३ लाख ६८ हजार ३ सय ८३ हेक्टरमा रोपाइँ भइसकेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij