Logo

Nov 08 2025 | २०८२, कात्तिक २२गते

Nov 08 2025 | २०८२, कात्तिक २२गते

images

भारतस्थित केदारनाथ नजिक पहिरोमा पुरिएर चार नेपालीको मृत्यु

भारतस्थित केदारनाथ नजिक पहिरोमा पुरिएर चार नेपालीको मृत्यु


  • नयाँ दिल्ली । भारतको उत्तरखण्ड राज्यस्थित हिन्दुहरूको तीर्थस्थल  केदारनाथ नजिकै चार नेपाली मजदुरको मृत्यु भएको छ । बिहीबार राति परेको अविरल वर्षाका कारण केदारनाथ नजिक रहेको वर्षाको पानी जम्मा गर्ने ताल नजिकै पहिरोमा पुरिएर चार जना मजदुरको मृत्यु भएको हो । पहिरोमा पुरिएर ज्यान गुमाउने चारै जना नेपाली नागरिक भएको बताइएको छ ।

    तुल बहादुर, पूर्ण नेपाली, किशन परियार र चीकु बोहराको रुपमा उनीहरूको पहिचान गरिएको छ । ‘बिहीबार राति करिब १ः२० बजे भारी वर्षाका कारण फाटा हेलिप्याड नजिकै पर्ने ताल खाट गडेरे नजिक चारजना पहिरोमा पुरिएको सूचना प्राप्त भएको जिल्ला विपद् व्यवस्थापन अधिकृत नन्दनसिंह राजवारले जानकारी सार्वजनिक गरेका छन् ।

    सूचना लगत्तै राहत र उद्धार कार्यका लागि उद्धार टोली घटनास्थलमा पठाउँदा डोलियादेवी सडक अवरुद्ध भएको पाइएपछि एसडीआरएफ टोली करिब दुई किलोमिटर पैदल हिँडेर घटनास्थलमा पुगेको राजवारले जनाएका छन् । एसडीआरएफका जवानहरूले खनेर चार वटै शवलाई भग्नावशेषबाट निकालेका छन् । शवलाई रुद्रप्रयाग लगिने जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij