Logo

Nov 18 2025 | २०८२, मंसिर २गते

Nov 18 2025 | २०८२, मंसिर २गते

images

विदेश पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा तीन पक्राउ

विदेश पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा तीन पक्राउ

  •  

    काठमाडौ ।  वैदेशिक रोजगारमा विभिन्न देशमा पठाइदिने भन्दै रु छ लाख ७७ हजार ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

     

    मिक्लाजुङ गाउँपालका–७ घर भइहाल काठमाडौँ गोकर्णेश्वर नगरपालका–८ माकलबारी बस्ने ४२ वर्षीय शशी लामा, कास्की माछापुच्छ्रे« गाउँपालका–६ घर भइहाल काठमाडौँ महानगरपालका–२६ रानीबारी बस्ने ३२ वर्षीया रोशनी विश्वकर्मा तथा सिन्धुली कमलामाई नगरपालका–७ घर भइ हाल भक्तपुर सूर्यविनायक नगरपालिका–६ बस्ने २५ वर्षीय गणेशबहादुर श्रेष्ठ पक्राउ परेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो ।

     

    उहाँले भन्नुभयो, “लामाले रु तीन लाख ६५ हजार, विश्वकर्माले रु एक लाख दुई हजार तथा श्रेष्ठले रु दुई लाख दश हजार लिइ क्रोएसिया र दुबई लगायतका देशमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखी आरोपीहरू सम्पर्कविहीन भएको पीडितहरूले दिएको जाहेरीको आधारमा पक्राउ गरिएको हो ।” 

     

    निजहरूलाई काठमाडौँ तथा भक्तपुरका विभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि आजै वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौँ पठाइएको सूचना अधिकारी आचार्यले बताउनुभयो ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij