काठमाडौं । सर्वोच्च अदालतले काठमाडौं उपत्यकामा नदीको मापदण्ड थप २० मिटर बढाउने निर्णय गरेपछि स्थानीयबासी आन्दोलनमा उत्रिएका छन् । आइतबार जोरपाटी क्षेत्रका बासिन्दाहरुले निर्णय खारेजीको माग गर्दै प्रदर्शन गरेका छन् । सर्वोच्चको फैसलापछि दसौं हजार घरपरिवार सुकुम्बासी बन्ने अवस्था आएपछि आन्दोलनमा उत्रनुपरेको उनीहरुको भनाई छ ।
सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेको काठमाडौं जिल्ला कमिटीले प्रधानमन्त्री केपी शर्मा ओली, विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर ज्ञापनपत्र बुझाइसकेको छ ।
सरकारले २०६५ सालमा बागमती, विष्णुमती र मनोहरामा २० मिटर छाडेर मात्र संरचना बनाउन पाइने निर्णय गरेको थियो । यस्तै, नख्खु खोलामा १२ मिटर, कर्मनाशा, बल्खु, कोड्कु, महादेव र साङ्ले खोलाका लागि १० मिटरको मापदण्ड तोकिएको थियो ।
त्यसैगरी धोबीखोलामा ९ मिटर र अन्य खोलामा ४ मिटरको मापदण्ड कायम गरेर मात्र भौतिक संरचना निर्माण गर्न पाइने व्यवस्था छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij