Logo

Nov 17 2025 | २०८२, मंसिर १गते

Nov 17 2025 | २०८२, मंसिर १गते

images

होटेल, रेस्टुरेन्ट र बारमा डिजिटल भुक्तानी गर्ने उपभोक्ताले १० प्रतिशत भ्याट फिर्ता पाउने

होटेल, रेस्टुरेन्ट र बारमा डिजिटल भुक्तानी गर्ने उपभोक्ताले १० प्रतिशत भ्याट फिर्ता पाउने

  • काठमाडौं ।   आन्तरिक राजस्व विभागले उपभोक्ताले कर लाग्ने वस्तु तथा सेवा खरिद गरी तिरेको मूल्य अभिवृद्धि कर (भ्याट)को १० प्रतिशत रकम फिर्ता गर्न निर्देशन दिएको छ । विभागले एक सूचना प्रकाशित गर्दै सेवा खरिदमा विद्युतीय माध्यमबाट भुक्तानी गरेमा उपभोक्तालाई नगद प्रोत्साहन स्वरुप १० प्रतिशत कर रकम फिर्ता गर्न भनेको हो । 

    विभागले आम उपभोक्ता, व्यवसायी तथा सरोकारवाला सबैलाई सो व्यवस्था कार्यान्वयन गर्न सूचित गराएको छ । उपभोक्ताले तिरेको मूल्य अभिवृद्धि करको १० प्रतिशत फिर्ता हुने सेवाहरूमा मदिरा पिउने केन्द्र (बार) बाट प्रदान गरिने सेवा, चमेनागृह(रेस्टुरेन्टबाट प्रदान हुने सेवा र सबै प्रकारका होटल, मोटल, लज, गेस्टहाउस व्यवसायहरूबाट प्रदान गरिने सेवाहरु रहेका छन् ।

    ‘कुनै उपभोक्ताले विभागले सूचना प्रकाशन गरि निर्धारण गरेको वस्तु तथा सेवा खरिद गर्दा त्यस्तो खरिदको मूल्य प्रचलित कानून बमोजिम विद्युतीय माध्यमबाट भुक्तानी गरेमा निजलाई नगद प्रोत्साहन स्वरूप भुक्तानी गरेको करको १० प्रतिशत रकम विभागले तोकेको प्रक्रिया बमोजिम निजको बैंक खातामा फिर्ता गर्नुपर्नेछ,‘ मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा २५ को उपदफा (१) को खण्ड (ख) मा व्यवस्था उल्लेख छ ।

    news_5ls5zyvur21.jpeg

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij