Logo

Nov 10 2025 | २०८२, कात्तिक २४गते

Nov 10 2025 | २०८२, कात्तिक २४गते

images

प्रमुख प्रतिपक्षी दलका नेता  प्रचण्डद्वारा बाढी पहिरोले क्षतिग्रस्त पूर्वाधार युद्धस्तरमा पुनर्निर्माण गर्न सरकारको ध्यानाकर्षण

प्रमुख प्रतिपक्षी दलका नेता  प्रचण्डद्वारा बाढी पहिरोले क्षतिग्रस्त पूर्वाधार युद्धस्तरमा पुनर्निर्माण गर्न सरकारको ध्यानाकर्षण

  • काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढी पहिरोले क्षतिग्रस्त पूर्वाधार युद्धस्तरमा पुनर्निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।प्रचण्डले आबइतबार प्रेस विज्ञप्ति जारी गरी नेपालीहरुको मुख्य पर्व दसैं नजिकएकाले मुख्य राजमार्गसहितका क्षतिग्रस्त सडक तत्काल पुनर्निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।

    ‘अहिले पनि विभिन्न स्थानमा मुख्य राजमार्गसहित सडक, सञ्चार र विद्युतका पूर्वाधार क्षतिग्रस्त अवस्थामा छन्। नेपालीहरुका मुख्य पर्व दशैं तिहार नजिकिएकाले युद्धस्तरमा पुनर्निर्माणका काम थालेर सबै आधारभूत सेवा पूर्ववतरुपमा सञ्चालनका लागि तत्काल पहल अघि बढाउन सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछु,’ उनले विज्ञप्तिमा भनेका छन्।उनले बेपत्ता नागरिकको खोजी, घाइतेहरुको निःशुल्क उपचार र विस्थापितहरुको पुनर्स्थापना गर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij