Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

सिटिजन्स बैंकद्वारा प्रधानमन्त्री दैबी प्रकोप उद्धार तथा राहत कोषमा २५ लाखको चेक हस्तान्तरण

सिटिजन्स बैंकद्वारा प्रधानमन्त्री दैबी प्रकोप उद्धार तथा राहत कोषमा २५ लाखको चेक हस्तान्तरण

  • काठमाडौँ । सिटिजन्स बैँक इन्टरनेसनल लिमिटेडले अविरल वर्षाले प्रभावित भई ठूलो जनधनको क्षति पुगेकाहरुको राहतको उदेश्यले सामाजिक उत्तरदायित्व अन्तर्गत पीडितहरूको राहत र पुनर्स्थापनाको लागि सहयोग प्रदान गरेको छ । 

     

    शहरी विकास मन्त्रालयमा आज  आयोजित एक कार्यक्रम बीच सम्माननीय कार्यवाहक प्रधानमन्त्री एंवम उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह ज्यूलाई बैंकका अध्यक्ष श्री प्रबल जंग पाण्डे ज्यूले रु २५ लाखको चेक हस्तान्तरण  गर्नुभएको सिटिजन्स बैँकले जनाएको छ । समाहरोमा  सूचना तथा संचार मन्त्री पृथ्वी सुब्बा गुरुङज्यू ,बैंकका प्रमुख कार्यकारी अधिकृत  गणेशराज पोखरेलज्यू र प्रमुख प्रशासकीय अधिकृत नारायण राज अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

    a.JPG

     बैंकले प्रकोपबाट ज्यान गुमाएका परिवारप्रति हाद्र्घिक समवेदना व्यक्त गर्दै घाईतेहरुको शिग्र स्वस्थ लाभका लागि कामना समेत गरेको छ । यस घटनाबाट प्रभावित  सम्पूर्णजनहरुप्रति तत्काल सहयोग तथा राहत पुग्ने विश्वास पनि बैंकले व्यक्त गरेको छ ।

    सिटिजन्स बैँकले यस अघि पनि २०७२ सालको विनाशकारी भुकम्पबाट पिडीतहरुको उद्धार तथा उपचारको उद्देश्यले प्रधानमन्त्री दैबी प्रकोप उद्धार तथा राहत कोषमा आर्थिक सहयोग स्वरुप रु. १ करोड  प्रदान गरेको  थियो  र कर्णाली प्रदेशको जाजरकोटमा मिति २०८०।०७।१७ गतेका दिन गएको विनाशकारी भुकम्पबाट पिडीतहरुको उद्धार तथा उपचारको उद्देश्यले प्रधानमन्त्री दैबी प्रकोप उद्धार तथा राहत कोषमा रु २५ लाखको सहयोग प्रधान गरेको थियो । 

    बैंकले आगामी दिनमा पनि समाजको हितका लागि यस्ता सहयोगात्मक प्रयासहरू जारी राख्ने प्रतिबद्धता बैंकले जनाएको छ ।

    सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा, १४८ वटा ए.टि.एम. र  ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख ६४ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij