Logo

Oct 13 2024 | २०८१, असोज २७गते

images

दुई दर्जन कम्पनीहरू कालोसूचीमा परेको घोषणा


नया सडक

२०८१, असोज १५ मंगलबार

  • 375
    Shares

  • दुई दर्जन कम्पनीहरू कालोसूचीमा परेको घोषणा

    काठमाडौँ । सरकारले दुई दर्जन कम्पनीहरूलाई कालोसूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले २ दर्जन कम्पनीहरुलाई कालोसूचीमा राखेको हो ।ठेकेदार कम्पनी तथा सप्लायर्सहरुलाई तीनदेखि एक वर्षसम्मका लागि कालोसूचीमा राखिएको छ ।कालोसूचीमा रहेका कम्पनीहरूले सो अवधिमा सार्वजनिक निकार्यको कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक गरेको सूचनामा  जनाएको छ । 

    कालोसूचीमा परेका कम्पनीहरूमा  यूएईको निर्माण कम्पनी एमएस एसटीके ग्लोबललाई ३ वर्ष, स्काई बिल्डर्स, वाइबा एन्ड लामा, जानकी निर्माणसेवालाई साढे २ वर्ष , मर्चवार कन्स्ट्रक्सन प्रालिलाई २ वर्ष, भुसाल कन्स्ट्रक्सन र बस्नेत निर्माण सेवालाई २ वर्ष, सेक्टर कन्सल्टेन्ट एन्ड डेभ्लपर्सलाई साढे एक वर्ष,  श्री गणपति निर्माण सेवालाई १ वर्ष, सुदर्शन निर्माण सेवा,सत्यश्वर कन्स्ट्रक्सन प्रालिलाई १ वर्ष, रक्षा कन्स्ट्रक्सन, रेश्मा डिप बोरिङ ट्युबवेल, ज्योति निर्माण सेवालाई एक वर्ष, पाथीभरा ड्रिलिङ उद्योग, यूभी इन्जिनियरिङ, नेपाल बिल्डर्स प्रालि , विजय कन्स्ट्रकसन प्रालि ,  अमन कनस्ट्रक्सन समेतलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ ।

     

    प्रतिक्रिया दिनुहोस