Logo

Jul 02 2025 | २०८२, असार १८गते

Jul 02 2025 | २०८२, असार १८गते

images

बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूप्रति कठोर नीति अपनाउँदै नेपाल राष्ट्र बैंक

बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूप्रति कठोर नीति अपनाउँदै नेपाल राष्ट्र बैंक

  • काठमाडौँ  । नेपाल राष्ट्र बैंकले  बैंक तथा वित्तीय संस्थाका  कर्मचारीहरूप्रति कठोर नीति अपनाएको छ ।  केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले बुधबार निर्देशन जारी गरेबाट यस्तो देखिएको हो । बैंकका कुनै पदाधिकारी वा कर्मचारीको काम कारबाहीको कारणले भएको देखिएमा त्यस्तो पदाधिकारी वा कर्मचारीलाई सम्बन्धित बैंक तथा वित्तीय संस्थाले प्रचलित कानुन वा संस्थाको विनियमावली बमोजिम कारबाही गर्नु पर्ने व्यवस्था  जारी निर्देशनमा छ ।

    संस्थाले उक्त कारबाही नगरेमा नेपाल राष्ट्र बैंकले त्यस्तो पदाधिकारी वा कर्मचारीलाई कारबाही गरी त्यसरी कारबाही नगर्ने संस्थाको सञ्चालक वा सम्बन्धित पदाधिकारीलाई परिपालनको अवस्था, विषयको गाम्भीर्यता र सूचक संस्थाको प्रकृतिअनुसार १० लाख देखि ५ करोड रुपैयाँसम्मको जरिवाना वा पदबाट हटाउने वा दुवै कारबाही गर्न सक्ने व्यवस्था पनि गरिएको छ । यसअघि यस्तो व्यवस्था नगरिएकोले राष्ट्र बैंकको यो निर्देशनबाट कठोर नीति अपनाउन थालेको देखिएको हो ।
    यसैगरी राष्ट्र बैंकले १५ प्रतिशत वा सोभन्दा बढी शेयर धारण गर्ने शेयरधनीको व्यक्तिगत विवरण राख्नुपर्ने उल्लेख गरेकोमा  यसअघि यो १० प्रतिशतमात्रै व्यवस्था गरिएको थियो ।

    संस्थाले प्रचलित कानुनमा भएको परिवर्तन, जोखिम मूल्याङ्कन, व्यवसाय र प्रविधिमा भएको परिवर्तन, कसूर गर्ने तरिका तथा प्रवृत्तिमा आएको परिवर्तन समेतको आधारमा वार्षिक रूपमा कम्तीमा एक पटक जोखिममा आधारित नीति, कार्यविधि तथा कार्ययोजनामा आवश्यक संशोधन गरी सुपरभाइजरी इनफर्मेसन सिस्टम (एसआईएस) मा अद्यावधिक गर्नुपर्ने पनि छ ।

    संस्थाले जोखिम मूल्यांकन गर्नुअघि मूल्यांकनको पद्धति तथा वस्तुगत आधार तयार गरी सम्पत्ति शुद्धीकरण निवारण सुपरीवेक्षण महाशाखासमक्ष पेश गर्नुपर्ने, क्रियाकलाप तथा आम विनाशका हातहतियार निर्माण तथा विस्तारमा वित्तीय लगानी निवारणका सम्बन्धमा वर्षभरि गरेका काम कारबाहीको समीक्षासहितको वार्षिक प्रतिवेदन तयार गरी आर्थिक वर्ष समाप्त भएको दुई महिनाभित्र एसआईएसमार्फत पेश गर्नुपर्ने व्यवस्था निर्देशनमा गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij