Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

अरुण भ्याली हाइड्रोपावरको साधारण सभा कात्तिक १४ गते ,  बोनस शेयर वितरण गर्ने  प्रस्ताव

अरुण भ्याली हाइड्रोपावरको साधारण सभा कात्तिक १४ गते ,  बोनस शेयर वितरण गर्ने  प्रस्ताव

  • काठमाडौं । अरुण भ्याली हाइड्रोपावरले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ।

    कम्पनीले कात्तिक १४ गते, बुधबार होटल क्रिस्टल पशुपती, गौशाला काठमाडौँमा २७ औँ वार्षिक साधारण सभा बोलाएको हो।सभा बिहान ११ बजे शुरु हुनेछ।
    सभाले हाल कायम चुक्ता पूँजीको ३ प्रतिशतले हुन आउने रकम बराबरको बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.१५७ प्रतिशतका दरले हुन आउने नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।  सभाले लिखु खोला जलविद्युत आयोजनाको निर्माणको लागि बैंक तथा वित्तीय संस्थाहरुसँग गरिएको ऋण सम्झौतामा कर्पोरेट ग्यारेण्टि दिने, नियमावली तथा प्रबन्धपत्र संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij