Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

पशुपति गौशाला धर्मशालाद्वारा कृत्रिम खुट्टा वितरण

पशुपति गौशाला धर्मशालाद्वारा कृत्रिम खुट्टा वितरण

  • काठमाडौँ । पशुपति गौशाला धर्मशालाले कृत्रिम खुट्टा वितरण गरेको छ । शनिबार धर्मशालामा आयोजित कार्यक्रममा ६ जनालाई कृत्रिम खुट्टा वितरण गरिएको हो ।कृत्रिम खुट्टा वितरण कार्यक्रमका प्रमुख अतिथि काठमाडौँ जिल्लाका  प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, काठमाडौँका प्रमुख वरिष्ठ उपरिक्षक वसन्त रजौरे , पशुपति क्षेत्र विकास कोषका पूर्व कोषाध्यक्ष नरोत्तम वैद्य, मारवाडी सेवा समितिका अध्यक्ष प्रमोदकुमार चौधरी, मारवाडी सेवा समितिका पूर्व अध्यक्ष कैलाशचन्द्र गोयललगायतले कृत्रिम खुट्टा वितरण गरेका थिए ।

    pashupati darmashala 5a.jpeg

    कार्यक्रममा पशुपति गौशाला धर्मशालाका अध्यक्ष रमेश तापडियको अध्यक्षतामा भएको कार्यक्रममा  पशुपति गौशालाका निवर्तमान अध्यक्ष चतुर्भुज सरिया, मारवाडी युवा मञ्चका अध्यक्ष प्रकाश केजडीवाल, मारवाडी सेवा समितिका महासचिव धर्मेन्द्र अग्रवाल, मारवाडी सेवा समितिका कोषाध्यक्ष सन्तोष खेतान, पशुपति गौशाला धर्मशालाका कोषाध्यक्ष आनन्द कुमार अग्रवाल, मारवाडी सेवा समितिका सचिव सञ्जिव माखडिया, मारवाडी सेवा समितिका सचिव मनोजकुमार चितलांगिया, मारवाडी सेवा समितिका सचिव अनिलकुमार अग्रवाल, पशुपति गौशाला धर्मशालाका सचिव कपिल अग्रवाल, सञ्जय अटल र मारवाडी युवामञ्चका लक्षमण अग्रवाललगायतको उपस्थिति थियो ।

    pashupati dharmshala5b.jpeg

    कार्यक्रममा नुवाकोटका रामबहादुर लामा, बाराका विनोदकुमार मिश्र, प्युठानकी सावित्री बस्नेत,चितवनकी श्रीमती दुर्गा मुखिया, प्युठानका जितबहादुर खडका लगायतलाई कृत्रिम खुट्टा वितरण गरिएको थियो । कार्यक्रममा पशुपति क्षेत्र विकास कोषका पूर्व कोषाध्यक्ष नरोत्तम वैद्य, विशिष्ट अतिथि काठमाडौँ प्रहरी परिसरका प्रमुख वसन्त रजौरे, काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले मन्तव्य व्यक्त गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij