Logo

Nov 10 2025 | २०८२, कात्तिक २४गते

Nov 10 2025 | २०८२, कात्तिक २४गते

images

ऊर्जा उत्पादकहरूद्वारा बंगलादेशलाई बिजुली बिक्री गर्ने सम्झौताको स्वागत

ऊर्जा उत्पादकहरूद्वारा बंगलादेशलाई बिजुली बिक्री गर्ने सम्झौताको स्वागत

  • काठमाडौँ । ऊर्जा उत्पादकहरूले नेपाल र बंगलादेशबीच भएको बिजुली बिक्री सम्झौतालाई स्वागत गरेका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले नेपाल र बङ्गलादेशबीच भएको विद्युत बिक्री सम्झौता (पीएसए) को स्वागत गरेको हो ।
     
    इप्पानले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का, राज्यमन्त्री पूर्णबहादुर तामाङ र बङ्गलादेशको अन्तरिम सरकारका जलस्रोत मन्त्री सैयदा रिजवाना हसनको उपस्थितिमा  नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन)का प्रमुख कार्यकारी अधिकृत रेनु नारङ र बङ्गलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) का अध्यक्ष मोहमद रिजाउल करिमबीच भएको उक्त सम्झौतालाई ऐतिहासिक सम्झौता भनेको छ ।
     
    इप्पानका अध्यक्ष गणेश कार्कीले सम्झौतासँगै अब नेपाल विद्युत् प्राधिकरणले रोकिराखेको विद्युत् खरिद सम्झौता (पीपीए ) पूर्ण रुपमा खुला गर्नुपर्ने मा गरे । निजी क्षेत्रलाई विद्युत् निर्यातका लागि अनुमतिपत्र दिने, बैक तथा वित्तीय संस्थाले ऊर्जामा लगानी बढाउने, सरकारले ऊर्जा उत्पादनका लागि थप सहुलियत घोषणा गर्ने तथा ऊर्जा आयोजना निर्माणका लागि हाल देखिएका नीतिगत, प्रशासनिक तथा प्रक्रियागत समस्याको समाधानका लागि सरकार तत्पर हुनुपर्ने अध्यक्ष कार्कीले बताएका छन् ।
     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij