Logo

Nov 10 2025 | २०८२, कात्तिक २४गते

Nov 10 2025 | २०८२, कात्तिक २४गते

images

बाढी पहिरोको प्रभाव र स्रोत व्यवस्थापनबारे अर्थमन्त्रालयको गृहकार्य शुरु

बाढी पहिरोको प्रभाव र स्रोत व्यवस्थापनबारे अर्थमन्त्रालयको गृहकार्य शुरु

  • काठमाडौँ  । अर्थ मन्त्रालयले बाढी पहिरोले गर्दा अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे गृहकार्य शुरु गरेको छ ।अर्थ मन्त्रालय उच्च व्यवस्थापन समूहको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो निर्देशक दिएका हुन् ।

    बाढीपहिरो प्रभावितको उद्धार, राहत तथा पुनर्निर्माणमा थप स्रोत लाग्ने भएको छ । त्यसका लागि अर्थमन्त्रालय पदाधिकारीहरूलाई गृहकार्यमा लाग्न निर्देशन दिए । अर्थतन्त्र सुधारतर्फ गइरहेको बताउँदै अर्थमन्त्री पौडेलले  यसै बेला बाढीपहिरोले गर्दा मानवीय क्षतिका साथै निजी आवास, सडक, जलविद्युत्, शैक्षिक संस्था, कृषि, व्यवसाय लगायत क्षेत्रमा भएको क्षतिले अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्न सक्ने बताए ।

    अर्थमन्त्री पौडेलले राहत र पुनर्निर्माणलाई व्यवस्थित रूपमा अघि बढाएर आर्थिक वृद्धिको आधार तयार पार्ने गरी काम गर्न आवश्यक रहेको बताए ।बाढीपहिरो जानु भन्दाअघि अर्थ मन्त्रालय, अन्तर्राष्ट्रिय मुद्राकोष, विश्व बैंक, एसियाली विकास बैंक लगायतले नेपालको अर्थतन्त्र सुधारोन्मुख भएको बताएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij