Logo

May 15 2025 | २०८२, जेठ ३गते

May 15 2025 | २०८२, जेठ ३गते

images

मेडिकेयर हस्पिटलले  प्रिमियममा आइपीओ जारी गर्ने, सेयरधनीलाई १५ प्रतिशत नगद लाभांश घोषणा

मेडिकेयर हस्पिटलले  प्रिमियममा आइपीओ जारी गर्ने, सेयरधनीलाई १५ प्रतिशत नगद लाभांश घोषणा

  • काठमाडौं । मेडिकेयर हस्पिटल लिमिटेडले प्रिमियम मूल्यमा आइपीओ जारी गर्ने प्रस्तावसहित कात्तिक १९ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा, आकामा होटेल, काठमाडौंमा  बिहान ११ बजे सुरु हुनेछ । सभामा कम्पनीले प्रिमियममा आइपीओ जारी गर्ने प्रस्ताव पेश गर्नेछ । 

    कम्पनीले हाल कायम १०० रुपैयाँ अंकित मूल्यलाई घटाएर ५० रुपैयाँ कायम गर्ने प्रस्ताव पनि पेश गर्नेछ । त्यसैगरी, सेयरधनीलाई गत वर्षको नाफाबाट १५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पनि पेश हुनेछ ।  आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ ।

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij