Logo

Nov 10 2025 | २०८२, कात्तिक २४गते

Nov 10 2025 | २०८२, कात्तिक २४गते

images

मैत्रीपूर्ण खो खोमा भारत विजयी

मैत्रीपूर्ण खो खोमा भारत विजयी

  • काठमाडौँ ।  नेपाल र भारतबीच भएको मैत्रीपूर्ण खो खो प्रतियोगितामा आज भारत विजयी भएको छ । पुरुषको चार खेलको श्रृङ्खलामा भारत ४–० ले विजयी भयो ।

    नेपाल खो खो सङ्घको आयोजनामा कीर्तिपुरको नयाँ बजारस्थित कभर्डहलमा भएको प्रतियोगिताको महिलामा दुई खेल भएको थियो । दुवैमा भारतले बाजी मा¥यो ।

    विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङ, भारतीय खो खो महासङ्घका महासचिव एमएस त्यागी, आयोजक खो खो सङ्घका अध्यक्ष प्रदीप महर्जन, खो खो सङ्घका वरिष्ठ उपाध्यक्ष छत्रबहादुर शाहीलगायतले एक कार्यक्रमबीच पुरस्कार प्रदान गर्नुभयो । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij