Logo

Nov 10 2025 | २०८२, कात्तिक २४गते

Nov 10 2025 | २०८२, कात्तिक २४गते

images

युनिलिभर नेपाल र सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

युनिलिभर नेपाल र सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

  •  

    काठमाडौँ । युनिलिभर नेपाल र सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ  । युनिलिभर नेपालले असोज २८ गते र सिटिजन्स बैंकले असोज २९ गते बुक क्लोज गर्दैछन् । 
    युनिलिभर नेपालले गत वर्षको नाफाबाट लगानीकर्तालाई कर सहित १७ सय १४ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यस कम्पनीले कात्तिक १२ गते ३१ औं वार्षिक साधारण सभा डाकेको छ । सभा एभरेष्ट होटल, नयाँ बानेश्वर काठमाडौंमा दिउँसो ४ः३० बजेदेखि सुरु हुनेछ । 

     सिटिजन्स बैंकले गत वर्षको नाफाबाट लगानीकर्तालाई ४ प्रतिशत बोनस सेयर र ०.२१ प्रतिशत नगद गरी कुल ४.२१ प्रतिशत लाभांश वितरण गर्दैछ । उक्त लाभांश प्रस्ताव पारित गर्न कात्तिक १२ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा अमृतभोग कालिकास्थान काठमाडौंमा बिहान ९ बजे सुरु हुनेछ । 

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij