Logo

Jun 17 2025 | २०८२, असार ३गते

Jun 17 2025 | २०८२, असार ३गते

images

अदालतको फैसलाको पूर्ण पाठ नआउँदै पशुपति गौशाला धर्मशाला कब्जा गर्न खोज्दा मारवाडी समुदायको प्रतिरोध पछि तनाव , गौशालामा प्रहरी खटाइयो

अदालतको फैसलाको पूर्ण पाठ नआउँदै पशुपति गौशाला धर्मशाला कब्जा गर्न खोज्दा मारवाडी समुदायको प्रतिरोध पछि तनाव , गौशालामा प्रहरी खटाइयो

  • काठमाडौँ । पशुपतिनाथ गौशाला धर्मशाला सञ्चालनसम्बन्धी विवादका कारण त्यसक्षेत्रमा तनाव कायमै रहेको छ । पशुपति क्षेत्र विकास कोषसँग भएको सहमतिअनुसार काठमाडौँ महानगरपालिकाले गौशाला धर्मशालाको व्यवस्थापन जिम्मेवारी लिएर त्यहाँ ८४ वर्षदेखि सेवा कार्य गर्दै आएको मारवाडी सेवा समितिलाई बलपूर्वक विस्थापन गर्न खोज्दा तनाव उत्पन्न भएको हो । 

    महानगरले धर्मशाला खाली गर्न उर्दी जारी गरिरहँदा मारवाडी सेवा समितिले भने मुद्दाको अन्तिम किनारा नलाग्दासम्म आफूहरूको न्यायिक अधिकार सुरक्षित हुनुपर्ने माग गरेको छ ।  काठमाडौँ महानगरपालिकाले बलपूर्वक पशुपति गौशाला धर्मशालाको नियन्त्रण लिन खोज्दा मारवाडी समुदायले प्रतिरोध गरेपछि तनाव उत्पन्न भयो ।

    धर्मशालाको विषयमा तनाव कम नभएपछि मङ्गलवार नै काठमाडौँ महानगरपालिकाले   धर्मशाला सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँसँग शान्ति सुरक्षा माग गरेको थियो । महानगरपालिकाले मङ्गलवार जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै शान्ति सुरक्षासहित निर्णय कार्यान्वयनमा सहयोगका लागि अनुरोध गरेको हो ।पत्रमा धर्मशालाको व्यवस्थापनको जिम्मेवारी महानगरपालिकाले पाएकाले उक्त सहमति बमोजिम धर्मशाला सञ्चालन तथा व्यवस्थापन गर्न शान्ति सुरक्षा सहित आवश्यक सहयोगका लागि अनुरोध गरिएको छ । यसैगरी  प्रशासनले धर्मशालाको सुरक्षाका लागि आजैदेखि प्रहरी खटाएको छ । धर्मशालाका साथै जनधनको सुरक्षाका लागि प्रहरी खटाइएको बताइएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij