Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

न्हूदँ समारोहमा प्रमुख अतिथि भइदिन प्रधानमन्त्री ओलीलाई निमन्त्रणा

न्हूदँ समारोहमा प्रमुख अतिथि भइदिन प्रधानमन्त्री ओलीलाई निमन्त्रणा

  • काठमाडौँ । नेपाल संवत् न्हूँ दँ राष्ट्रिय समारोह समिति ११४५ का अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठ नेतृत्वको एक प्रतिनिधिमण्डलले आज सोमबार प्रधानमन्त्री के पी शर्मा ओलीलाई भेटी न्हूदँको अवसरमा बसन्तपुरमा कात्तिक १७ गते शनिबार आयोजना हुने शुभकामना सभामा प्रमुख अतिथिको रुपमा सहभागी भइदिन निमन्त्रणा गरेको छ । 

    साथै, प्रतिनिधिमण्डलले प्रधानमन्त्रीसमक्ष नेपाल संवत््का विषयहरु समेटिएको सात बूँदे ध्यानाकर्षणपत्र प्रति बुझाएको छ । 

    यस ध्यानाकर्षणपत्रमा नेपालको नोटमा नेपाल संवत् उल्लेख गर्नुपर्ने, नेपाल संवत्लाई सरकारी दस्तावेजमा प्रयोग गर्ने निर्णय कार्यान्वयनका लागि सरकारबाट परिपत्र जारी गरिनुपर्ने, राष्ट्रिय विभूति शंखधर साख्वाःको नामबाट राष्ट्रिय पुरस्कार स्थापना गर्नुपर्ने लगायतका विषयहरु उल्लेख छन् ।  

    न्हूदँ समारोह समितिका संरक्षक हितकरवीर सिं कंसकारले नेपाल सरकारबाट नेपाल भाषामा नेपाल टेलिभिजनबाट समाचार प्रसारण र राससमा नेपाल भाषामा समाचार बुलेटिन प्रकाशनको थालनी भएकामा नेपाल सरकारलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । त्यसैगरी, अर्का संरक्षक मल्ल के स्ुन्दरले सरकारबाट नोटमा नेपाल संवत्को प्रयोग र नेपाल संवत्लाई सबै निकायमा प्रयोगमा ल्याउन परिपत्र जारी गर्न आग्रह गर्नुभएको थियो । प्रतिनिधिमण्डलमा नेवाः देय् दबूका अध्यक्ष पवित्र बज्राचार्य, पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठ, पूर्व रायमन्त्री दिलीप महर्जन, प्रा डा नेरेशमान बज्राचार्यलगायतका हुनुहुन्थ्यो । 

    यसैगरी, आजै राष्ट्रिय विभूति शंखधर प्रतिष्ठानका अध्यक्ष तथा अन्य पदाधिकारीहरु सम्मिलित अर्को प्रतिनिधिमण्डलले प्रधानमन्त्री ओलीलाई भेटी कात्तिक १७ गते थिमीको शंखधर चौकमा आयोजना हुने सार्वजनिक समारोह प्रमुख अतिथिको रुपमा सहभागिता जनाउन आमन्त्रण ग¥यो । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij